माधव नेपालले हाँस्दै भने–‘‘केपी ओली एकपछि अर्को गरेर सडकमा पछारिए” (भिडिओसहित)

काठमाडौं, २ बैशाख । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले आफूले कसैको अपमान नगर्ने र कसैले आफूमाथि पनि अन्याय गर्न खोजे नसहने बताएका छन् ।

हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गदै उनले यस्तो बताएका हुन् । उनले एमाले अध्यक्ष केपी शर्मा ओली एकपछि अर्को गरेर सडकमा पछारिएको टिप्पणी गरे ।

उनले भने,‘मैले के गरें कि गरिनँ भन्ने कुरा त हेरे भैगयो नि, एकपछि अर्को पछारिएको पछारिएकै, सडकमा पछारिएको पछारिछएकै, तब न यो आक्रोश हो । म प्रतिको आक्रोश ।

’ तर, तपाईले पार्टी फुटाएर गम्भीर अपराध गर्नुभयो भनेर ओलीले आरोप लगाउनुभएको छ नि त ? भन्ने धमलाको प्रश्नमा उनले भने,‘के को पार्टी फुटाउनु नि ? उहाँले चैत्र २८ गते सबैलाई निकाल्नुभएको हो । हामीले एमाले फुटाएको होईन, विद्रोह गरेको हो । मनपरी ढंगले संसद् विघटन गर्ने को ? त्यसो नगर भन्दा त्यसलाई अटेर गर्ने व्यक्ति को हो ?

प्रतिक्रिया दिनुहोस