युद्धको ५० औँ दिनमा राष्ट्रपति जेलेन्स्कीले गरे दुनियाको रगत उमाल्ने सम्बोधन

किभ – युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुससँगको युद्धको ५० दिन पूरा भएको अवसरमा राष्ट्रका नाममा सम्बोधन गर्दै युक्रेनलाई बचाउनेहरूलाई सम्मान गरेका छन् ।

युक्रेनका राष्ट्रपति वोलोदिमिर जेलेन्स्कीले रुससँग युद्धको ५० औँ दिन पूरा हुँदा देशलाई सम्बोधन गर्दै युक्रेनलाई बचाउनेहरु सबैलाई सम्मान दिएका छन् ।

जेलेन्स्कीले भने, ‘बहादुर देशका अडिग जनता । हामी ५० दिनदेखि डटिरहेका छौँ जबकी कब्जा गर्नेहरुले हामीलाई पाँच दिनको समय दिएका थिए ।’ उनले थुप्रै पश्चिमी नेतासँग कुराकानी र बैठकलाई स्मरण गर्दै भने, ‘यी ५० दिनमा मैले दुनियाँका थुप्रै नेतालाई भिन्न भिन्न तरिकाले हेरेँ ।

उनले थपे, ‘राजनेताले आफूसँग कुनै शक्ति नै नभए जस्तो गरी व्यवहार गरिरहेको मैले देखेँ । मैले गैर राजनीतिक व्यक्ति देखेँ जसले ५० दिनमा तिनीहरुले भन्दा बढी गरे जसले नेतृत्वको दाबी गर्छन् ।’

उनले थपे, ‘रक्षा गर्ने ५० दिन हाम्रो लागि उपलब्धिमूलक छ । यो युक्रेनका लाखौँ जनताको उपलब्धि हो । यो ती सबैको उपलब्धि हो जसले २४फेब्रुअरीमा आफ्नो जीवनको महत्वपूर्ण निर्णय लिए ।

प्रतिक्रिया दिनुहोस