बृद्धभत्ताको सुरू गर्ने मान्छे नै मै हुँ : अध्यक्ष नेपाल

गोरखा, ।नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेपालमा बुढापाकालाई भत्ताको सुरूवात आफूले गरेको बताएका छन् । शुक्रबार गोरखाको उत्तरी गाउँ लाप्राक पुगेका अध्यक्ष नेपालले वृत्तभत्ता आफूहरूले सुरू गरेको कुरा लाप्राकीले बिर्सेजस्तो लागेको समेत बताए ।

उनले भने, ‘सारा देशले सम्झिरहेको छ, मनमोहन अधिकारी प्रधानमन्त्री, म माधव नेपाल उपप्रधानमन्त्री पार्टीका तर्फबाट मुल नेता । यो भत्ताको सुरू गर्ने मान्छे । मान्छे नै म यहाँ आएको छु, तैपनि याद नै छैन । कमसेकम स्याबास् भन्नुपर्ने हो नि ।’ ०५१ सालमा मासिक एक सय रूपैयाँ दिनेगरी आफूले वृद्धभत्ता सुरू गरेको उनले बताए ।

उनले जनताले सोचेजस्तो, चाहेजस्तो धेरै कुरा नभएपनि केही काम भने भएको बताए । लाप्राकमा खानेपानी व्यवस्था गर्न पनि उनले आग्रह गरे ।

‘सडक निर्माण भइरहेको रहेछ, यसलाई पूरा गर्नुपर्ने,’ उनले भने, ‘खानेपानी र ढलको पनि यहाँ व्यवस्थापन गर्नुपर्ने रहेछ, म सरकारलाई पनि भन्छु ।’ अध्यक्ष नेपालले मानिस जाँडको मातले जस्तै पदको मातले पनि लाग्ने भन्दै सरकारलाई खबरदारी गरिरहन आग्रह गरे ।

०५१ सालको सरकारले देशका चार हजार गाउँलाई सम्झिएको बताउँदै अध्यक्ष नेपालले भने, ‘त्यो बेलाको गाविसमा बस्ने जनतालाई आफ्नो गाउँ आफैँ बनाऔं भनेर बजेट दिएको थियो ।’

यो पनि : काठमाडौं,८ चैत । नेकपा एमालेका युवा नेता रामप्रसाद रिजालले नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाललाई पुरानै घर फर्कन प्रस्ताव गरेका छन् । नेता रिजालले मध्यराती अध्यक्ष नेपाललाई फोनबाटै एमालेमा आउन आग्रह गरेको बताएका हुन् ।

फोन संवादमा अध्यक्ष नेपाललाई एमालेमा आएर राजनीति भविष्य सुरक्षित गर्न गरेको आग्रहलाई नेपालले हासेर टारेको नेता रिजालले ग्यालेक्सी खबरलाई बताए ।

तपाई र तपाईको पार्टी डाईनोसोर जस्तै लोभ हुदैछ तपाईको पार्टी समाजवादी होइन परिवारवादी भनेपछि नेपाल हासिरहे, रिजालले भने, तपाई विधिः र पद्धति कोलागी लडेको भए एमाले अध्यक्ष ओलीसँग र एमाले पार्टीसंग माफ माग्नुपर्ने भनेपछि केपी ओली एमालेमा रहुन्जेल पार्टी एकता हुन सक्दैन भन्दै नेपाल कड्किए ।

तपाई रामप्रसाद रिजालजी तपाईलाई ओलीले एमाले को केन्द्रीय सदस्य बनाउदैनन् बनाए भने त्यही दिन म माधव कुमार नेपाल राजनीतिबाट संन्यास लिन्छु भनेको रिजालको दाबी छ । रिजालले आफूले माधव कमरेड लाई हजुरको अहंकार डाह कुण्ठाले हजुरलाई सक्यो भनेपछि नेपालले फोन काटेको बताए

प्रतिक्रिया दिनुहोस