गोप्य रुपमा प्रेमीका भेट्न पुगेका युवकलाई आफन्त र छिमेकीले पक्रिएर विहे गराए

भारत, बिहारको नालन्दामा गोप्य रुपमा माया गर्नु एक जोडीलाई महंगो परेको छ ।घटना त्यहाँको दीपनगर थाना क्षेत्रको श्रीराम नगर गाउँको हो । एक युवक आफ्नी प्रेमिकालाई भेट्न उनको घरमा पुगेका थिए ।

तर युवतीको परिवारले उनलाई देखे । त्यसपछि गाउँलेको सहयोगमा दुवैलाई मन्दिर लगे । त्यहाँ दुवैको विवाह गराइएको हो ।प्राप्त जानकारी अनुसार सिलाओ थाना क्षेत्र कडहदिहका अमरजीत कुमारको दीपनगर थाना क्षेत्रको श्रीरामनगरकी एक युवतीसँग चार महिनादेखि प्रेम सम्बन्ध चलिरहेको थियो ।

यी दुई एकअर्कालाई गोप्य रूपमा भेट्थे । सोमबार दिउँसो अमरजीत आफन्त नहुँदा प्रेमिकाको घरमा भेट्न गएका थिए ।

तर परिवारले थाहा पाउने बित्तिकै स्थानीय गाउँलेको सहयोगमा दुवैलाई रंगेहात समातिएको थियो । त्यसपछि दुवैको विवाह गर्ने निर्णय भयो । ब्यान्ड बाजा र जन्ती बिना विवाह सकियो ।

परिवारका सदस्यले बजारबाट विवाहको पोशाक र नयाँ लुगा किने । त्यसपछि स्थानीय गाउँले र जनप्रतिनिधिको सहयोगमा गाउँकै मन्दिरमा उनीहरुको विवाह भएको हो ।

मन्दिरमा ब्यान्ड–बाजा, जन्तीबिना नै यो विवाह भएकोले गाउँमा विभिन्न चर्चा चलिरहेको छ । अहिले यो मायालु जोडी विवाह बन्धनमा बाँधिएर खुसी देखिन्छ । विवाहपछि प्रेमी अमरजीत श्रीमतीलाई मोटरसाइकलमा लिएर घरतिर लागेका छन् ।

प्रतिक्रिया दिनुहोस