देश कंगाल पार्ने कसैलाई छोडिदैन, जेल जान तयार भएर बस्नुस, अरबौँका फाइल अब खुल्छन: अर्थमन्त्री शर्मा

काठमाडौ ।अर्थमन्त्री जनार्दन शर्माले कतिपय व्यक्तिहरु नेपाललाई श्रीलंकाको अवस्थामा लैजान लागिपरेको दाबी गरेका छन्।शुक्रबार राष्ट्र बैंकको एक कार्यक्रममा उनले देशको वर्तमान अर्थतन्त्रबारे धारणा राख्ने क्रममा यस्तो बताएका हुन्।

प्रस्तुत छ मन्त्री शर्माकै शब्दमा उनले राखेको धारणाको अंशः
हामीले केही समय एलसी नखोल्ने भनेका छौँ। मैले भनेको छु– १० देखि १५ दिनयता तिनले एलसी खोले मलाई रेकर्ड चाहिन्छ । यो छलफल भएको १५ दिन भएको छ । एलसी कतिले खोले यो निजी क्षेत्रलाई पनि साथमा लिएर सरकारले गर्ने हो।

कतिपयलाई रहर छ नेपाललाई श्रीलंका बनाउने। तिनको सपना पूरा हुँदैन । नेपाल र श्रीलंकाको तुलना नै हुन सक्दैन । हाम्रो ऋणको कुरालाई हेर्नुस् । हाम्रो उत्पादन क्षेत्रको कुरालाई हेर्नुस्। विदेशी लगानीका कुरालाई हेर्नुस् ।

ऋण सहायताको कुरालाई हामीले हेरौं भने त्यहाँ तुलना हुने कुरा नै छैन। तुलना नहुने कुरामा तुलना गर्दै आज जनतालाई आतंकित पार्ने एक थरिहरुले गरिरहेका छन् । त्यो गलत छ । त्यसको खण्डन गर्नुपर्छ। अर्थतन्त्रमा समस्याहरु छ हामीले पनि भनिरहेका छौं। बदल्नुपर्छ तरिका भनेका छौं ।

चिन्ता व्यक्त गर्नेहरु जो छ उनीहरुलाई सलाम गर्नुपर्छ । दुईवटा छन् यहाँ चिन्ता गर्नेहरु। त्यस कारणले नेपाल श्रीलंका हुन सक्दैन। श्रीलंकासँग तुलना गर्दै जनतालाई आतंकित गर्नेहरुलाई म अपिल गर्न चाहन्छु।

यस्तो प्रचारको अन्त्य गरौँ हाम्रो अर्थतन्त्रलाई सुधार गर्ने कुराहरु के–के हुन् त्यसमा बहस गरौँ। आवश्यकता आज यो हो । अहिलेको डलरको सञ्चिति साढे ६ महिनालाई पुग्ने छ। योभन्दा तल नझरोस् भनेर हामी सतर्क हुनुपर्छ।

प्रतिक्रिया दिनुहोस