काभ्रेको सबै स्थानीय तहको चुनाव एमालेले जित्छ ; पूर्व मन्त्री गोकुल बास्कोटा

काभ्रेपलान्चोक – राष्ट्रिय युवा संघ नेपाल बनेपा नगरस्तरीय वृहत युवा भेला तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको छ । आज शनिबार नेकपा एमालेका युवा नेता एवं पूर्व मन्त्री गोकुल बास्कोटाको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा बोल्दै पूर्व मन्त्री गोकुल बास्कोटाले अबको राजनीतिको जिम्मा युवा वर्गले लिनु पर्ने बताउनु भयो । साथै उहाँले जनताको जिम्मा लिने पार्टी एमालेबाहेक अरु नभएको ठोकुवा गर्नु भएको छ । युवा शक्तिले नै संसारमा उल्लेखनीय कामहरु भएको र युवा सिजर्नात्मक कार्यमा लागि समाजको मुहार परिवर्तन गर्ने भएकाले बनेपा नगरको युवाहरु एक जुट भएर समाज परिवर्तनमा लाग्न अग्रह गर्नु भयो । बास्कोटाले बैशाख ३० को स्थानीय तहको चुनावमा नेकपा एमालेले काभ्रेको सबै सिट जित्ने दाबी गर्नु भएको छ ।

उता राष्ट्रिय युवा संघ नेपाल काभ्रे जिल्ला अध्यक्ष सगर रायमाझीले आउदै गरेको स्थानीय चुनावमा एक बुथमा एक सय राष्ट्रिय युवा संघ नेपालका युवा परिचालन गर्ने बताउनु भएको छ ।

कार्यक्रममा बनेपा नगर कमिटीका अध्यक्ष रत्न कुश रन्जितले युवा संघले व्यक्तित्व विकास मात्र नभई नेतृत्व विकास समेत गर्ने हुँदा संघमा युवाहरु बढी आकर्षित भएको बताउनु भयो । उहाँले युवा संघमा आउने युवाहरु क्षमतावान भएको दावी गदै युवा संघबाट नेता जन्मिने बताउनु भएको छ । कार्यक्रममा राष्ट्रिय युवा संघ नेपाल बनेपा नगर कमिटी अध्यक्ष रत्न श्रेष्ठको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो

प्रतिक्रिया दिनुहोस