समृद्ध नेपाल निर्माण केपी ओलि बाट मात्र सम्भव छ :सुवास नेवाङ

नेकपा एमालेका स्थायी समिति सदस्य एवं पूर्वसभामुख सुवास नेम्वाङले पार्टी अध्यक्ष केपी शर्मा ओली फेरि प्रधानमन्त्री बनेर आएको देख्न पाइने बताएका छन् ।

सोमबार युवा संघद्वारा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै फेरि ओली प्रधानमन्त्री बनेर आएको देख्न पाइने उनले बताए ।

उनले भने, ‘फेरि संसद पुनःस्थापित गरिदिने हो भने संसदबाट त फेरि केपी ओली जितेर प्रधानमन्त्री हुन्छन् भन्ने डर छ । विभिन्न बाटा र गौँडाहरु छेक्ने काम भयो सर्वाेच्चको फैसलाले । जुन यहाँहरुले हेर्नुभयो भने पाउनुहुनेछ । जताततै केपी ओली आउँछन् र फेरि प्रधानमन्त्री बन्छन् भनेर बाटो, गौँडा छेकेको तपाईहरुले देख्न पाउनुहुनेछ ।’

उनले उदाहरणका साथ देउवा सकारले २५ होइन सय जना मन्त्री बनाउनुपर्ने भन्दै व्यंग्य पनि हाने । ‘सर्वाेच्च अदालतले कतिसम्म फैसाल गर्यौ एउटा नमूना बताउ । साथीहरुले व्यंग्य गरेर मलाई भने– यो देशमा मन्त्रिपरिषद् गठन नगरेर समस्या भयो । सर्वाेच्च अदालतले आदेश जारी गर्दा दुइवटा बुँदा पनि थपिदिएको भए हुन्थ्यो नि भनेर सामान्य साथीले सुझाव दिनुभयो,’ उनले भने, ‘यो शेरबहादुरजीको सरकार चानचुने सरकार हो र । सीधै सर्वाेच्च अदालतले बनाएको सरकार हो । त्यसकारण यो सरकारको हकमा २५ होइन ताल पर्यो भने १ सय जना मन्त्री बनाउन किन नपाउने भन्ने साथीभाइको टिप्पणी छ ।’

देउवा सरकार बनेको ५० दिन नाघिसक्दा पनि सरकार विस्तार हुन नसक्नुमा उनले आश्चर्य व्यक्त गरे । उनका अनुसार मन्त्रिपरिषद् विस्तार भन्दा पनि सरकारै ढल्ला भन्ने पीर रहेको पनि सुनाए ।

उनले भने, ‘५० दिन नाघिसक्यो तर, अझैँसम्म मन्त्रिपरिषद् विस्तार भएको छैन । ५ जना मन्त्रीले चलेको यो सरकार ५० दिन नाघिसक्यो तर, सरकार विस्तारको नामनिसाना छैन । सरकार विस्तार गर्दा यो सरकार नै पो ढल्छ कि भन्ने डर छ । यस्तो अवस्थामा सरकार चलिरहेको छ । कस्तो अचम्मको सरकार ।’

साथै देउवा सरकार जनताले नबनाएर सर्वाेच्च अदालतले बनाएको सरकार भएको पनि उनले बताएका छन् । ‘यो सरकार जनताले बनाएको सरकार होइन । ओली सरकारलाई हटाएर सर्वाेच्च अदालतको परमादेशबाट बनेको सरकार हो यो,’ उनले भने, ‘अहिलेको सरकार सिन्को भाँच्ने नसक्ने सरकार हो । विजिनेसबाट सरकार चल्छ तर, संसदलाई विजिनेस दिन सकेन ।’

प्रतिक्रिया दिनुहोस