हामीलाई साथ दिनुहोस् अपराधी र देशद्रोहीलाई देशबाटै लखेट्नुपर्छ ज्ञानेन्द्र शाही कोआक्रोश

काठमाडौं । राप्रपाका केन्द्रीय प्रवक्ता ज्ञानेन्द्र शाहीले देशद्रोहीहरुलाई लखेट्ने चेतावनी दिएका छन्।राप्रपाको आमसभालाई भरतपुरमा सम्बोधन गर्दै उनले अपराधी र देशद्रोहीलाई देशबाटै लखेट्ने चेतावनी दिएका हुन्।

नेतृत्वले गल्ती गर्दा खबरदारी गर्नुपर्नेमा जोड दिए । एमसीसी राष्ट्रघाती सम्झौता भएको उनको भनाई छ । उनले मतपत्र च्यातेर फेरी जित्ने सपना पुरा हुन नदिने समेत बताएका छन् ।मतपत्र च्याते उनीहरुलाईनै मतपत्र निलाउन बाध्य पार्ने बताए। उनले प्रदेश संरचना हटाइनुपर्ने बताए।

संघियतामा प्रदेश चाहिदैन, ऋण मागि मागि सेतो हात्ती पाल्दैनौँ, उनले भने, शिक्षा, स्वास्थ निःशुल्क र गुणस्तर बनाउन लागौँ । उनेले राजा बाघ भएको भन्दै नेताहरूलाई स्याल भन्दै व्यङ्ग्य समेत गरेका छन् ।

उनले भ्रष्टाचारीहरुलाइ जेल हाल्ने चेतावनी दिए । उनले भ्रष्टाचार नगर्ने कसम खुवाएर मात्रै राप्रपाले पालिकाहरुमा उम्मेदवारी दर्ता गराउने बताए। उनले जनतालाई झुक्याउनेहरुलाई यसपालि जमानतनै जफत गराउनुपर्नेमा जोड दिए

प्रतिक्रिया दिनुहोस