तालमेलबारे पार्टीको निर्णय नमान्नेलाई कार्यकर्तालाई साधारण सदस्य समेत नरहने गरी कारबाही गर्न देउवा को चेतावनी

काठमाडौं बैशाख २नेपाली कांग्रेसले गठबन्धनबारे पार्टीले गरेको निर्णय उल्लंघन गर्नेलाई अनुशासन कारबाही गर्ने भएको छ ।कांग्रेसको केन्द्रीय निर्वाचन परिचालन समितिको बैठकले पार्टीले गरेको निर्णयविरुद्ध नलाग्न मातहत सबै समितिहरूलाई निर्देशन दिने निर्णय गरेको छ ।

कांग्रेस उपसभापति एवं परिचालन समितिका संयोजक पूर्णबहादुर खड्काको संयोजकत्वमा बसेको बैठकले पार्टी निर्णयको पालना नहुनुलाई विधान र अनुशासन उल्लघंनको रुपमा लिने स्मरण गराएको हो ।

कांग्रेस केन्द्रीय सदस्य नैनसिंह महरका अनुसार बैठकले चुनावी तालमेलबारे पार्टीको केन्द्रीय समितिले गरेको निर्णय सबैले मान्नुपर्ने बताए ।

आजको बैठकमा पार्टीको केन्द्रीय समितिले गठबन्धनका सन्दर्भमा गरेको निर्णय पालना गर्नु सबैको नैतिक दायित्वको विषय हो । यसको उल्लघंन गर्नु पार्टीको अनुशासन जोडिने विषय हो । त्यसैले पार्टीको निर्णय सबैले मान्नुपर्छ भन्ने छलफल बैठकमा भएको छ’, महरले पत्रकारहरूसँग भने ।

प्रतिक्रिया दिनुहोस