गणतन्त्र देशमा रहिरहे जे पनि हुन सक्छ देश जोगाउन राजसंस्था बाहेक विकल्प छैन राजा र हिन्दुराष्ट्र हुनु पर्छ

नेपाली हिन्दुराज्य ।

एकजना विश्लेषकले नेपालमा चाँडै नै राजसंस्थाको पुनर्बहाली हुने दावी गरेका छन् । सामाजिक सञ्जालमा उनले साँस्कृतिक राजसंस्थाका लागि छिमेकी चीन र भारत पनि सहमत भइसकेको भन्दै चाँडै पूर्वराजा ज्ञानेन्द्र शाहको गद्दी आरोहण हुने जिकिर गरेका छन् ।

डा. पोखरेलका अनुसार डेढ–दुई महिनाअघि नै चीन र भारत नेपालमा राजसंस्था कायम राख्न सहमति भइसकेको सोही सिलसिलामा दुई देशबाट नेपालमा राजनीतिक भ्रमणहरु भइरहेको तर्क गरेका छन् । ज्ञानेन्द्र गद्दीमा फर्किने भइसकेपछि विभिन्न शक्तिहरुले उनीसँग

मार्गेनिङ गरिरहेको बताउँदै उनले राजसंस्था फर्किने ठोकुवा गरेका छन् । अन्तर्राष्ट्रिय शक्तिहरूले नेपालमा हालको लागि सांस्कृतिक राजसंस्थाको टुंगो लगाए । १. आफ्नो भाइचारासम्बन्ध भएको पार्टी नेकपाको फुटमा अन्तिम पटक औपचारिकताको लागि भए पनि

हामीले भेट्नुपर्छ भनेर चिनियाँ उच्चस्तरको टोली नेपाल आएर फर्किएको छ । २. तर, उसले त्यहाँ बुझाउने आधिकारीक रिपोर्टभन्दा अगाडि डेढ दुई महिना अगाडिदेखि नै चीन–भारत एउटा सहमतिमा पुगिसकेका थिए । ३. चिनियाँ र भारतीय सम्पूर्ण पक्षहरू

(आदित्यनाथहरु, रअ, आरएसएस, भाजपा मात्र होइन साउथ ब्लक)का साथ ज्ञानेन्द्र वीर विक्रम शाह देवबीच वार्ता सम्पन्न भईसकेको छ । ४. नम्बर ३ को लागि चिनियाँ पक्षले झन् ठूलो जोड बल गरेको) गरी थियो । यो कुरा मैले धेरै हप्ता अगाडि नै

लेखेको थिए । ५. अहिले भारतीय गुप्तचरहरु (सामन्त गोयलसँग आएका सात जनाका साथ)का साथमा नेपालभित्र पनि राजनैतिक पार्टीहरु तथा राजसंस्था पक्षधरहरुबीच पटक पटक गरेर वार्ता सम्पन्न भईसकेका छन् । स्वयं राजा ज्ञानेन्द्र शाह उपस्थित भएको कुरा

सुनिश्चित हो । ६. नेपालमा अब छिटै नयाँ व्यवस्था राख्ने भन्ने कुराको नी लगभग अन्तिम टुंगो लागेको छ । यो ब्यबस्था छिटो भन्दा छिटो खाल्डोमा जकिदै छ ।७. नम्बर ६ मा टेकेर, यसको लागि राजा ज्ञानेन्द्र वीर विक्रम शाह देवसंग बार्गेनिङ गर्दै आएका छन्

केही शक्तिहरू । ८. तर जुनसुकै ब्यबस्था परिवर्तन गरिए पनि सांस्कृतिक राजसंस्थाको टुंगो लागेको छ हालको लागि । ९. सेना दोस्रो स्टेपमा सडकमा आउँछ र राजा ज्ञानेन्द्र वीर विक्रम शाह देव लाई गद्दी आरोहण गराउने कुरा पक्का भएको छ । १०. तेस्रो

स्टेपमा राजा परमाधिपति घोषणा हुने कुरा दिनको उज्यालो जत्तिकै छर्लङ्ग हुन्छ । यो १० नम्बर मेरो अनुमान हो । ११. अब कुन नयाँ शक्तिले (वा हालका कुन कुन समुहहरु ?) हालको यो ब्यबस्था टिकाउन सक्ला त ?

प्रतिक्रिया दिनुहोस