गायिकाले बयान फेर्दैमा पल उम्कन पाउँदैनन्, कारवाहीकालागी पहिला दर्ता गरिएका प्रमाणहरु नै पर्याप्तः अधिवक्ता रक्षा बस्याल

काठमाडौं।नेपाल बारका निर्वतमान उपाध्यक्ष रक्षा बस्यालले पिडित गायिकाले बयान फेरेकै आधारमा अभिनेता पल शालले सजिलै सफाई पाउँछन् भन्ने कानूनि व्यवस्था नभएको बताएकी छन् । उनले ताजा खबरसंग कुराकानीकै पिडित गायिकाले होस्टाईल भएर फेरेको बयानलाई पिडकले उन्मुुक्ति पाउँछन् भन्ने कानूनमा स्पष्ट नलेखिएको बताएकी छन् । अधिवक्त बस्यालले पिडकलाई कारवाहीकालागी फेरिएको बयान भन्दापनि पहिला नै दर्ता गरिएको प्रमाणहरु नै पर्याप्त भएको बताएईन् ।

‘गायिकाले बयान फेर्दैमा पल शाहले सफाई पाउने भन्ने हुँदैन । पहिला दर्ता गरिएको प्रमाणका आधारमा पिडितको शा’री’रि’क र उमेरको अवस्था जुन रेर्कडको रुपमा छ त्यसको आधारमा प्रसस्त रुपमा अनुसन्धान हुनेछन् । पिडितले होस्टायल भएर फेरेको बयान कुनै अर्थ हुँदैन । अदालतले पिडकलाई बयान फरेकै आधारमा सफाई दिने भन्दा पनि पिडितलाई कुनैपनि हालतमा न्याया दिनैपर्छ ।’ अधिवक्त बस्याल भन्छिन्,‘अनुसन्धानको क्रममा रहेको विचाराधीन विषयमा अहीले आएर कस्तो र किन बयान फेरियो त्यस्ले त्यति महत्व राख्दैन ।’

कर णीको अभियोगमा थुनामा रहेका अभिनेता पल शाह प्रकरणमा पीडित भनिएकी नाबालिग गायिकाले बयान फेरेकी छन् । जिल्ला अदालत तनहुँ र नवलपुर दुवैको आदेशले पुर्पक्षका लागि थुनामा गएका नाबालिग ‘होस्टाइल’ हुँदै बयान फेरेकी हुन् । उनले आज आइतबार जिल्ला अदालत तनहुँमा बयानको क्रममा प्रहरीले ज’बर’ज’स्ती आफूलाई हस्ताक्षर गर्न लगाएको तथा उजुरी दिनका लागि द’बाब दिएको भनेर दिएको बयानले सबैलाई सोच्न बाध्य बनाएको छ ।

पिडित गायिकाले फेरेको बयानको विषयले विभिन्न सञ्चार माध्यमहरु, सामाजिक सञ्जाल, अधिकारकर्मी लगाएत समाजमा नै एक खालको तरंग फैलिएको छ । यस्ता प्रकृतिका घटनामा अन्त्यमा हुने भनेकै बालिका या महिलाहरु नै होस्टाईल हुने चलन भने आजको हैन । यो पुरुष प्रधान देश भएको हुनाले यहाँ जहिलेपनि महिलाले नै अन्त्यमा दबाब र प्रभावमा आफ्ना बयानहरु फेर्न बा’ध्य हुन परिरहेको हुन्छ । पिडित गायिका पनि त्यसैको शिकार भएको बताउँछिन् बारका निर्वतमान उपाध्यक्ष रक्षा बस्याल ।

प्रतिक्रिया दिनुहोस