रणवीरको जुत्ता लुकाए बापत सालीहरूले मागे ११ करोड ५ लाख

काठमाडौं :बलिउड अभिनेता रणवीर कपूर र आलिया भट्टले अप्रिल १४ मा विवाह गरे। उनीहरूको विवाहमा नजिकका आफ्न्त र साथीभाइहरूको मात्रै उपस्थिति थियो।

उनीहरूको विवाह निकै गोप्य तरिकाले सम्पन्न भएको हो। विवाहपछि उनीहरूको विवाहको केही रोचक कुराहरू बाहिरिएको छ।

हिन्दुस्तान टाइम्सका अनुसार आलियाका बहिनीहरू पूजा, शाहीन भट्ट र साथीहरूले बेहुलाको जुत्ता लुकाएका थिए। उनीहरूले जुत्ता लुकाएपछि रणवीरसँग ११ करोड ५ लाख भारतीय रुपैयाँ मागेका थिए। तर रणवीरले उनलाई एक लाख मात्र दिए।

रणवीरलाई सासु आमा सोनी राजदानले निकै महँगो घडी गिफ्ट दिएकी छन्। जसको मुल्य २ करोड ५ लाख रुपैयाँ बताइएको छ।

भट्ट परिवारले विवाहमा आउने पाहुनालाई काश्मिरी सल उपहार स्वरुप उपहार दिएका थिए। यो शल धेरै महँगो छ र धेरै राम्रो सामग्रीबाट बनेको हुन्छ।

प्रतिक्रिया दिनुहोस