छाति पिटेर भन्छु एमाले फेरि बहुमत ल्याएर सरकारमा फर्किन्छ : विष्णु पौडेल

नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले जनताको साथ र समर्थन पाएर पार्टी फेरि सरकारमा फर्किने बताएका छन्। एमाले संखुवासभाको जिल्ला अधिवेशन उद्घा’ट’न समारोहलाई सोमबार खाँदबारीमा सम्बोधन क्रममा उनले यसो भनेका हुन्।

‘जनताको साथ र समर्थन लिएर सरकारमा आउनेछौँ। सदनको अंकगणितले हामीलाई केही समय सरकार बाहिर पठाएको छ। तर हामी बहुमतसहित सरकारमा आउँछौँ’, उनले भने,।

‘एमालेलाई बाहिर पठाएपछि कांग्रेस एमालेले आफ्नो दि’ग्विजय हुने ठा’नेका थिए। तर उनीहरुको हविगत हामीले हेरिरहेका छौँ।’ उनले २०७४ को स्थानीय चुनाव पनि एमालेले एक्लै ल’डेको बताएका छन्।

‘एमाले प्रतिपक्षमा हुँदा पनि एक्लै चुनाव ल’डिरहेको थियो। स्थानीय तहको निर्वाचनमा एमाले विजयी भएको थियो’, उनले भने, ‘अब पनि विजयी हुन्छ। एमालेलाई विजयी हुन सरकार चाहिँदैन, सत्ता पक्ष भइरहनु पर्दैन। जनताको विश्वास र साथ लिएर एमाले फेरि विजयी हुन्छ।’

उनले एमाले हिजोभन्दा बलियो र श’क्तिशा’ली भएर अघि बढेको पनि बताए। ‘हामी हिजो थालेका राम्रा कामलाई अघि बढाउन तयार छौँ’, उनले भने, ‘जनताले एमालेलाई विजयी गराउँछन्।’

पौडेलले एमाले सरकारमा आएपछि नै किमाथांका-विराटनगर सडक सुरु गरेको बताउँदै त्यो आयोजनालाई एमालेको सरकार आएपछि पूरा गरिछाड्ने पनि वाचा गरेका छन्। नेपालखबर बाट

प्रतिक्रिया दिनुहोस