मेरो सरकार हुँदाको विकास भएको देखेर विपक्षी आत्तिय : अध्यक्ष ओली

सिमकोट । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू प्रधानमन्त्री हुँदा देशको विकास देखेर विकास बिरोधी अत्तालिएर सरकार ढालेको आरोप लगाएका छन् ।

आइतबार नेकपा एमाले हुम्लाले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आफ्नो नेतृत्वको सरकारले गरेका विकासका काम देख्न नसक्नेहरु सरकार ढाल्न अदालत गएको आरोप लगाएका हुन् ।

जनताबाट होइन अदातलबाट सरकार ढालेको ओलीको आरोप थियो । जनताले एमालेलाई माया गरेको भएपनि ्दुनियामा कही नभएको नेपालमा भएको उनको भनाइ थियो ।

आफ्नो कार्यकालमा काम भए पनि अहिले आएर काम रोकिएको ओलीको दाबी छ । कर्णाली करिडोरले तिब्रता पाउनुका साथै यसको स्तर वृद्धिमा जोड दिनुपर्ने ओलीको भनाइ थियो । खरका छाना विस्थापीत हुनुका साथै, जनता आवास कार्यक्रम मार्फत गरीब दुखिले घर पाएको उनको दाबी थियो ।

अहिलेको गठनबन्धको सरकारले काम गर्न नसकेको अध्यक्ष ओलीको आरोप थियो । निर्वाचनमा एउटै चुनाव चिन्ह लिएर गठबन्धन गरेपनि एमालेलाई असर नगर्ने उनको दाबी थियो । नेपालमा गठनबन्ध पार्टी र एमाले पार्टीको प्रतिस्पर्धा हुने अध्यक्ष ओलीको भनाई थियो ।

अध्यक्ष ओलीले नेपाली कांग्रेस बैशाखी टेकेर हिड्ने अवस्थामा पुगेको बताए । कांग्रेसको अहिलेको अवस्था देखेर माया लागेर आएको उनको भनाइ थियो ।

‘२०१५ सालमा कांग्रेस दुई तिहाईमा थियो २०४८ सालमा बहुमतमा आयो, अलि पछि आएर आफैं हिँड्न मुस्किल भएर लौरो टेक्ने हातलमा पुग्यो, अहिले लौरो टेक्ने होइन् माओवादी केन्द्र र माकुने गुटको बैशाखी टेक्ने अवस्था आएको छ । कांग्रेसले भोट के मा हाल्ने, कतै, पेन्सिलमा हाल्ने, कतै अण्डा भित्रको हसियाँ हथौडामा हाल्ने, कतै ग्लासमा भोट हाल्ने’ उनले भने ।

ओलीले अबको निर्वाचनपछि विकासको लहर सुरु हुने दाबी पनि गरे । चुनावपछि एमाले विजयी हुने र त्यसपछि शिक्षा, स्वास्थ्य सबैमा विकासको लहर चल्ने बताए ।

जनताको आर्थिक, सामाजिक तथा समग्र विकासको लागि आफ्नै कार्यकालमा एमाले सरकारले ठूला योजना अघिसारेको उनले दाबी छ । एमाले सरकारले कुरा नभई काम गरेर देखाउने गरेको ओलीले बताए ।

तराई, पहाड, हिमालमा देशको विकासको लहर छाएको बताए । एमाले सरकारमा आउँदा विकासको लहर चल्छ, तर अन्य पार्टी सरकारमा हुँदा देशको अर्थ तन्त्र खुम्चिने गरेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस