कसैलाई भ्रम नहोस् निर्वाचन सर्दैन : अध्यक्ष प्रचण्ड ( भिडियो सहित सम्बाेधनकाे पूर्णपाठ)

देश अब निर्वाचन निर्वाचन प्रक्रियामा होमिइनै सकेको छ । पहिला स्थानिय तहको निर्वाचन वेशाख ३० गते तोकिएको छ र त्यो प्रक्रियामा सबै राजनीतिक दलहरु सक्रियतापुर्वक आ–आफ्नो स्थिति सुदृढ गर्नको लािग देशव्यापी अभियानमा लागिसकेका पनि छन् ।

तर बिचबिचमा विभिन्न व्यक्ति र समुहहरुले र आम जनताले पनि निर्वाचन के हुन्छ भनेर पनि विभिन्न आशंकाको रुपमा हेर्ने गरिएको छ । म चाहिं बडो पक्षसँग के भन्न चाहन्छु भने निर्वाचन सर्दैन । निर्वाचन बैसाख ३० गते नै हुन्छ । म गठबन्धनको बैठकबाट नै यहाँ उठेर आएको छु र गठबन्धन पुरै इमान्दारीताको साथ निर्वाचनको तयारीमा जुटिरहेको छ ।

त्यसकारण निर्वाचन कहिँकतै सर्ने सम्भावना वा गुन्जायस देखिएको छैन । तर नेपालमा र हामी नेपालीमा के बिडम्बना देखिन्छ भने निर्वाचन हुने दिन विहान पनि होइन निर्वाचन सर्छ रे नी भन्ने हल्ला र चर्चा हुने खालको बडो विचित्रको संस्कार देखिने गरेको छ ।

म पत्रकार मित्रहरुमार्फत आम नेपाली जनता र सबै राजनीतिक दललाई भन्न चाहन्छु निर्वाचन सर्दैन । कम्तिमा हामी गठबन्धन र सरकारको कुनै पनि निकाय निर्वाचन सार्ने कुनै मनसायमा छैन र गठबन्धन सम्पूर्ण रुपले निर्वाचनको तयारीमा लागेको छ । देश निर्वाचनमा होमिइसकेको छ र गठबन्धन पनि पुरै निर्वाचनमा इमान्दारीतासाथ लागेको छ ।

आज हामी देशका ६ वटा महानगर र उपमहानगरको विषयमा बेलुकासम्म गठबन्धनको मोडालिटि निश्कर्षमा पुर्याउँछौं । महानगरको विषयमा झण्डै झण्डै टुंगिने बेलामा म यहाँ आएको हो । हामीले गाउँपालिका र नगरपालिकासम्मको विषयमा अधिकार प्रत्यायोजन गरेर तल दिइसकेका छौं । त्यसैले निर्वाचन सर्दैन र सर्न दिइन्न । जति कुरा मिडियामा निर्वाचन सर्ने विषयमा आएका छन् ति सबै अनुमानकै भरमा आएका छन् त्यसमा कुनै सत्यता छैन ।

दुई तिन महिनाअगाडि संविधान र कानुनको बारेमा केही अन्तरविरोधको विषयमा छलफल अवश्यनै गरेका थियौं तर त्यसमा निर्वाचन आयोग र सबै राजनीतिक दलहरुको समझदारीले अब निर्वाचनमा जानु नै उपयुक्त हुन्छ भन्ने निश्कर्ष आएपछि हामी सबै निर्वाचनको तयारीमा गम्भीर ढंगले लागेका होंैं ।

म सबै राजनीतिक दल र आम जतनामा अपील गर्न चाहन्छु की यो निर्वाचनलाई सफलतासाथ सम्पन्न गरौं र सक्रियतापुर्वक सहभागि बनौं । निर्वाचन सम्पन्न गर्न आ आफ्नो ठाउँबाट सहयोग र योगदान गरौं ।

प्रतिक्रिया दिनुहोस