स्टार खेलाडी रोनाल्डोका छोराको मृत्यु, भावुक हुँदै लेखे छोराको नाममा यस्तो समबेदना

एजेन्सी, काठमाडौं :पोर्चुगलका स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोका नवजात छोराको निधन भएको छ । स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो र जर्जिना रोड्रिगेजका नवजात जुम्ल्याहा बच्चामध्ये एकको निधन भएको छ । रोनाल्डोले १८ अप्रिलमा अबेर राति ट्वीट गर्दै यो जानकारी दिएका हुन् । रोनाल्डो र उनकी श्रीमती जर्जिनाले संयुक्त विज्ञप्ति जारी गर्दै यो घोषणा गरेका हुन् ।

क्रिस्टियानो रोनाल्डोले आफ्नो सन्देशमा लेखेका छन्, ‘धेरै दु:खका साथ हाम्रो नवजात छोराको निधन भएको जानकारी गराउन चाहन्छु । यो कुनै पनि अभिभावकले सहन सक्ने सबैभन्दा ठूलो दुःख हो। छोरिको जन्मले हामीलाई बल दिन्छ र यो दु:ख सहने शक्ति दिन्छ। रोनाल्डोले लेखेका छन्, ‘हामी यस घटनाबाट पूर्ण रूपमा निराश छौं र सबैलाई गोपनीयताको ख्याल गर्न अपील गर्दछौं। हाम्रो छोरा हाम्रो परी थियो, हामी उहाँलाई सधैंभरि माया गर्नेछौं।

क्रिष्टियानो रोनाल्डो र उनको पार्टनर जर्जिनाले अक्टोबरमा जुम्ल्याहा बच्चाको अभिभावक बन्ने घोषणा गरेका थिए । दुबैले अस्पतालको तस्विर पनि सेयर गरेका छन् । यी दुई सन्तान जन्माउने क्रममा छोराको मृत्यु भएको छ भने छोरी सकुशल छन् ।

३७ वर्षीया रोनाल्डोका यसअघि पनि जुम्ल्याहा सन्तान छन् । रोनाल्डोका यस अघि नै चार सन्तान छन् ।

प्रतिक्रिया दिनुहोस