गठबन्धनको शक्ति देखेर केपी ओलीको मुटुमा थर थरि कामको छ :रामचन्द्र पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पाँच दलीय गठबन्धन परिवर्तन जोगाउन र लोकतन्त्र रक्षाका लागि भएको बताएका छन्।स्थानीय चुनावलगायत सबै चुनाव सफल बनाउन गठबन्धन एकसाथ अगाडि जानुपर्ने उनले बताए।

गठबन्धनको शक्ति देखेर एमाले अध्यक्ष केपी शर्मा ओली डराएको पौडेलको भनाइ छ।

‘शेरबहादुरलाई प्रधानमन्त्री बनाउन मात्र यो गठबन्धन बनेको होइन,’ नेविसंघको स्थापना दिवसमा आज काठमाडौंमा आयोजित कार्यक्रममा पौडेलले भने, ‘गठबन्धनको शक्ति देखेर केपी ओली थर्थरी कापेका छन्।’

ओलीले हतास अभिव्यक्ति दिन थालेको आरोप पनि उनले लगाए। साथै एमालेले प्रतिगामी शक्तिहरूसँग गठबन्धन गरेको उनले बताए। साथै पौडेलले लोकतन्त्रको लडाइँका लागि नेपालले अहिले पनि बलिदानी खोजेको बताए। विकास र प्रगति रोक्नेहरूका विरूद्ध सतर्क हुनुपर्ने उनको भनाइ थियो।

प्रतिक्रिया दिनुहोस