एक पटक राजेन्द्र लिङदेनलाई यो देशको प्रधानमन्त्री बनाइदिउँ देशलाई भष्ट्राचार मुक्त देश नेपाल बनाउँछौं :ज्ञानेन्द्र शाही

काठमाडौ। राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाहीले राजेन्द्र लिङदेनलाई नेपालको प्रधानमन्त्री बनाउन आग्रह गरेका छन्।

उनले भने– म एक दुई वटा कुरा भन्छु यसमा हेर्नुस् छोटो कुरा छ। लामो कुरा होईन मेलै जातीयताका कुरा गरेको होईन यसमा साथीहरु कसैले अप्ठायारो नमान्नु होला र देश भरीका दाजुभाईलाई कुलमान घिसिङ एउटा ‘मतवाली’ जनजातीका छोरा हुनुहुन्छ।

महावीर पुन अहिले अर्को पार्टीको भए भन्दी न म उहाँको समर्थक काम कर्तव्यले हेर्दा खेरी हाम्रो प्रेम आले मगर यसो हेर्दा खेरी उहाँहरुले गरेका कामले यो देशमा त केही न केही परिर्वतन त भाको छ नि त भने एकपटक जनजातीको छोरालाई यो देशको प्रधानमन्त्री बनाइदिउँ।

पटक–पटक शेरबहादुर देउवा जिलाई प्रधानमन्त्री, तपाई जनजाती भन्नुहुन्छ, बाह्ण भन्नुहुन्छ, क्षेत्री भन्नुहुन्छ अनि जातियताको कुरा भएन भनुहुन्छ रु भन्ने पत्रकारको प्रश्नमा उनले भने– यो जातीयताको कुरा यसमा अहिले पनि भन्छु म तपाई नजोड दिनुहोला, तर हरेक जातका मान्छे तपाईको यो देशको प्रधानमन्त्री बन्न पाउने, ठकुरी बन्न पाउने, बाह्ण बन्न पाउने, क्षेत्री त बनेका बने कै छन् क्षेत्री बाह्णहरु जम्मै बाह्ण क्षेत्री बनेका छन्।

केही ठकुरीहरु बनेका छन्। एकपटक यत्रौ जनसंख्या छ जनजातीको यो देशमा एकपटक यो देशमा जनजातीको छोरालाई प्रधानमन्त्री बनाएर टेस्ट गरौन्।

सही गर्छन कि गलत गर्छन हेरौन् त १ एकपटक त्यो दिन सक्ने हिम्मत छ त हामीसँग रु म तपाईलाई एउटा प्रश्न गर्छु ज्ञानेन्द्र शाही जी जनजातीको छोरालाई प्रधानमन्त्री बनाउ भनेर नभनेर तपाईहरुले राजेन्द लिङदेलनाई प्रधानमन्त्री बनाउ भन्न मिल्दैन रु पत्रकारको प्रश्नमा उनले भने– मैले कुरामा कुरा आएर उठाएको कुरा हो।

तपाईले जनजातीको छोरालाई भनेर राजेन्द्र लिङदेन आफैमा प्राण हुन आजका दिन सम्म एक रुपैयाँ भ्रष्टाचार गरेको कुनै प्रमाण छैन्। एक रुपैयाँ जहाकी उहाँले सदनसम्म गएर बोल्नु भाको छ।

प्रतिक्रिया दिनुहोस