रेणु दाहाल पुनः भरतपुर महानगरपालिकाको मेयर बन्ने पक्का

काठमाडौं ।सत्तारुढ गठबन्धनमा महानगरपालिका भागबण्डामा सहमति जुटेको छ । मंगलबार दिउँसो बालुवाटारमा भएको गठबन्धनका शीर्ष नेताको बैठकले ६ मध्ये तीन महानगरको नेतृत्व कांग्रेसले लिने, माओवादी, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले एकरएक महानगरको नेतृत्व लिने सहमति गरेको छ ।

पोखरा महानगरका कारण गठबन्धन नै टुट्ने अवस्था आएपछि काँग्रेस सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलबार पोखरेली काँग्रेसका नेताहरुलाई बोलाएर गठबन्धनको बाध्यताले पोखराको नेतृत्वको दावी छोड्नुपर्ने अवस्था आएको बताएका थिए ।

यो सँगै मुलुकका ६ महानगरमध्ये नेपाली काँग्रेसले तीन महानगर क्रमशः काठमाडौं, ललितपुर र विराटनगरको नेतृत्व पाउने भएको छ भने माओवादी केन्द्रले भरतपुर, जसपाले वीरगञ्ज र नेकपा एकीकृत समाजवादीले पोखरा महानगरको नेतृत्व गर्न पाउने भएका छन् ।

योसँगै भरतपुर महानगरपालिकाको मेयरमा रेणु दाहाल पुनः उम्मेदवार बन्ने करिब निश्चित भएको छ । माओवादी केन्द्रले रेणुलाई दोश्रो कार्यकालका लागि मेयर उम्मेदवारका रुपमा अघि सारिसकेको छ ।

प्रतिक्रिया दिनुहोस