एमालेको देशब्यापी शक्तिसँग त्रसित हुँदै देउवाले भन्नुभयो : गठबन्धन नगरे काङ्ग्रेसको हालत पहिलाको जस्तै हुन्छ

काठमाण्डाै – प्रधानमन्त्री शेरबहादुर देउवाले अरू दलसँग चुनावी गठबन्धन नगर्ने हो भने कांग्रेसकाे हालत पहिलेकै चुनावको जस्तो हुने बताउनुभएको छ ।

नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ) ले काठमाण्डौमा गरेको कार्यक्रममा नेपाली कांग्रेसका सभापतिसमेत रहनुभएका देउवाले गठबन्धन नगरि चुनाव लडेमा पहिलेको जस्तै हालत हुने भएकाले गठबन्धनको आलोचना र विरोध नगर्न आग्रह गर्नुभयो ।

‘गठबन्धन टुटाउने षड्यन्त्र भइरहेको छ, गठबन्धन टुट्नेबित्तिकै हाम्रो हालत पहिले जस्तै हुन्छ, पहिले एमाले र माओवादी मिल्दा के भएको थियो ? भोलि त्यही अवस्था नआओस्, नयाँ संविधानअनुसार एक्लै पार्टीको बहुमत आउने सम्भावना छैन, कसै न कसैसँग त मिल्नैपर्‍याे । अब गठबन्धनलाई राम्रोसँग अघि बढाउनुपर्छ’, देउवाले भन्नुभयो ।

गठबन्धन लेनदेनको विषय पनि भएकाले सबैतिर कांग्रेसले मात्रै पाउनुपर्छ भनेर अडान लिन नहुने पनि देउवाको भनाइ छ । ‘गठबन्धनमा गिभ एन्ड टेकको कुरा हुन्छ, कांग्रेसलाई मात्रै दिनका लागि अरू दलले गठबन्धन गरेका होइनन् नि, ठिक छ कांग्रेस पार्टी ठूलो छ, ठूलै पार्टी होस्, अरूले सानै अनुसार भाग खोजेका छन्, यसमा किन आपत्ति जनाउनुप्यो र !’, देउवाले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस