चर्को आवजमा गोकुल बाँस्कोटाले भने- ‘७० करोड मात्र होइन ७० अर्ब हान्दिएको हो के फरक पर्छ र ?’ [भिडियोसहित]

काठमाडौं । एमाले पोलिटब्युरो सदस्य तथा पूर्व सूचना तथा सञ्चार प्रबिधि मन्त्री गोकुलप्रसाद बाँस्कोटा फेरि एक पटक विवादमा तानिएका छन् । कारण हो उनले दिएको विवादास्पद अभिव्यक्ति । एक कार्यक्रमबिच उनले भने ७० करोड मात्र होइन ७० अर्ब हान्दिएको हो हामीलाई के फरक पर्छ । यो प्रसंग उनले विवादित सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणको कुरा निक्लिदा भनेका हुन । जुन सामाजिक संजालमा यतिबेला भाइरल छ ।

एमाले पोलिटब्युरो सदस्य तथा पूर्व सूचना तथा सञ्चार प्रबिधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले फेरि एक पटक विवादास्पद अभिव्यक्ति दिएका छन् । त्यसो त बाँस्कोटा विवादको पर्यायबाची हुन भन्दा फरक पर्दैन । उनी जहाँ सम्बोधन गर्न पुग्छन् वा जहाँ माइक समाउँछन्– उनले उरुको उछितो नकाटी हुँदैन् । हुँदा–हुँदा बाँस्कोटाले आफैलाई लागेको आरोपको थप पुष्टि हुने किसिमको अभिव्यक्ति दिएका छन् । जुन सामाजिक संजालमा यतिबेला भाइरल छ ।

बाँस्कोटा माथि लाग्दै आएको आरोप सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा भएको अनियमितता र भ्रस्टाचार– जहाँ बाँस्कोटाको प्रत्यक्ष संलग्न रहेको आरोप छ । यो प्रकरणलाई थप पुष्टि गर्ने बाँस्कोटा र स्विस कम्पनीका नेपालस्थित प्रतिनिधि विजयप्रकाश मिश्रसँग भएको भनिएको संवादको अडियो जहाँ खरिद प्रक्रियामा घुस मागेको झन्डै साढे दुई मिनट लामो सार्वजनिक पनि भएको थियो । तथापि बाँस्कोटाले आप्mनो स्वर नभएको– र क्यारिकेचर गरिएको भन्दै उल्टै आरोप लगाउने गरेका छन् । बाँस्कोटाले कारबाही गर्ने भए क्यारीकेचर गर्नेलाई कारबाही हुनुपर्ने बताउने गरेका छन् । तर तिनै बाँस्कोटाले ७० करोड मात्र होइन ७० अर्ब हान्दिएको हो हामीलाई के फरक पर्छ र भन्दै सार्वजानिक रुपमा बोलेका हुन ।

सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा भएको अनियमितता र भ्रस्टाचारको मुद्दा अहिले पनि अदालतमा बिचाराधिन छ । जसको निकास अहिले सम्म निक्लिन सकेको छैन् । तथापि बाँस्कोटाले आरोप लागेपछि भने मन्त्रीपदबाट राजीनामा दिएका थिए । उनले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफ्नो राजीनामा बुझाएका थिए । उनले ट्वीटबाट पनि आफूलाई भ्रस्टाचारको आरोप लागेपछि अनुसन्धानलाई प्रभावित पार्ने गरि पदमा नरहने भन्दै मन्त्रीपदबाट राजीनामा दिएको स्पष्ट पारेका थिए । त्यस्तै बाँस्कोटाले सोहि कार्यक्रममा उनीहरूको नीजि खाईदिएको हो र भन्दै विवादास्पद अभिव्यक्ति दिएका छन् । उनले उनीहरूको नीजि खाईदिएको भए तिनका परमादेश र अरु सबै शक्ति भएको बेला बाटो हिड्न नदिने, कुट्ने कोर्रा हान्ने थिए भन्दै अनुसन्धान गर्न चुनौति दिएका छन् ।

यसरी आरोपित किन ठूलो ठूलो स्वरमा कराईरहेका छन् । अदालतले किन यसको निकास दिँदैन् । बाँस्कोटा निर्दोश भए उन्मुक्ति र दोषि भए कानून बमोजिम कारबाहि किन हुँदैन् रु विभिन्न प्रश्न र शंशय भने पैदा भएको छ । जुन रहस्यको गर्भमा नै छन् ।

प्रतिक्रिया दिनुहोस