यिनै ब्यापारीसंग अभिनेत्री केकी अधिकारिले गरिन सुटुक्क बिवाह

काठमाडौं : अभिनेत्री केकी अधिकारीले गुपचुप रुपमा बिहे गरेकी छन् । उनले बुधवार परिवारका सीमित सदस्यहरुको उपस्थितिमा व्यवसायी रोहित तिवारीसँग लगनगाँठो कसेकी हुन् । रोहितसँग उनी केही समयदेखि प्रेम सम्बन्धमा थिइन् । उनीहरुको अफेयरको बारेमा केकी नजिकका केही सीमित व्यक्तिलाई मात्र थाहा थियो । केकीले बिहीवार विवाहका तस्विरहरु सार्वजनिक गर्ने बताइएको छ ।

केकीका श्रीमान् रोहित तिवारी हाम्रो बजार डटकमका सीइओ तथा फुडमारियोका सह-संस्थापक तथा सीइओ रहेको बुझिएको छ । केकीको विवाहमा रीमा विश्वकर्मा लगायतका केही सीमित फिल्मकर्मीहरुको मात्र उपस्थिति रहेको थियो । विवाहपछि केकी श्रीमान् बस्ने काठमाडौंस्थित ग्रान्डी अपार्टमेन्टमा भित्रिएकी छन् । उनी पहिल्यैदेखि गुपचुप रुपमा विवाह गर्ने योजनामा थिइन् ।

बौद्धिक अभिनेत्रीको रुपमा चिनिएकी केकीले ‘स्वर’बाट अभिनय करिअर सुरु गरेकी थिइन् । त्यसयता तीन दर्जन बढी फिल्ममा अभिनय गरिसकेकी उनको करिअरको पहिलो ब्लकबस्टर फिल्म ‘छ माया छपक्कै’ हो । यही फिल्मबाट उनले हालै ‘डि सिने अवार्ड’मा उत्कृष्ट अभिनेत्रीको अवार्ड जितेकी थिइन् । उनका ‘परदेशी २’, ‘झिंगेदाउ’ जस्ता फिल्महरु प्रदर्शनको पखाईमा छन् ।

प्रतिक्रिया दिनुहोस