रुसद्धारा युक्रेनको अर्को शहर कब्जा, मारिउपोलमा युक्रेनी सेनालाई आत्मसमर्पण गर्न दोस्रो पटक चेतावनी

बैशाख ६ एजेन्सी । रुसले युद्ध शुरु भएको ५५ औँ दिनमा युक्रेनमा दोस्रो चरणको हमला शुरु गरेको छ । दोस्रो चरणको हमलाको मुख्य उदेश्य युक्रेनको पुर्वी भागलाई टुक्र्याउने देखिएको छ ।

यस हमलाका क्रममा युक्रेनको क्रेमिना शहर कब्जा गरेको दाबी गरिएको छ । यस शहरबाट युक्रेनी सेना मैदान छाडेर हिँडेका छन् । रुसले भीषण हमला गरेपछि युक्रेनी सेना पछि हटेका हुन् ।

यो हमलामा डोनबास क्षेत्रका रुसी भाषी मिलिसिया समेत सामेल छन् । जो युक्रेनी नागरिक भए पनि पूर्वी भागलाई अलग्गै देश घोषणा गरेर युद्धमा होमिएका छन् ।

यसैबीच रुसी सेनाले पूर्वी युक्रेनको रणनीतिक बन्दरगाह मारिउपोलको स्टील प्लान्टमा बसेका युक्रेनी र विदेशी सेनालाई आत्मसमर्पण गर्न पुनः चेतावनी जारी गरेको छ । मारिउपोल कब्जा भए पनि एउटा स्टील प्लान्टको बंकरमा रहेका करीब २ हजार युक्रेनी सेनालाई आत्मसमर्पण गर्न चेतावनी दिईएको हो ।

यस अघि पनि आईतबार आत्मसमर्पण गर्न समयसीमा दिईए पनि जसले आत्मसमर्पण गर्छ उसलाई गोली हान्न राष्ट्रपति जेलेन्सकीले आदेश दिएपछि केही सेना छिपेर बसेका छन् । १४ सय बढी युक्रेनी र विदेशी सेनाले भने आत्मसमर्पण गरेको रुसले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस