एमाले विश्वभर फैलिएको छ,इतिहासकै ठूलो सक्ति भएको पाटि हो:ओलीको दाबी

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूहरुको अगाडि चुनौती र व्यवधान पैदा गर्न खोजिएको टिप्पणी गरेका छन्। चुनौती र व्यवधानका बाबजुद आफूहरु इतिहासकै सबैभन्दा ठूलो संगठन बनेको र पार्टी (एमाले) विश्वफर फैलिएको ओलीको दाबी छ।

बिहीबार केन्द्रीय सल्लाहकार परिषद्को प्रथम बैठकमा सम्बोधन गर्दै ओलीले त्यसको सामना गर्न एमाले तयार रहेको पनि बताए।

‘हाम्रा अगाडि चुनौती छ, व्यवधान पैदा गर्न खोजिएको छ। त्यसको सामना गर्न इतिहानसमा कहिल्यै भएभन्दा बढी संगठन विस्तार भएको छ। गतिशील भएको छ, एकताबद्ध भएको छ र जनताको आशा र भरोसाको केन्द्र भएको छ,’ उनले भने।

एमालेको इतिहासमा नै अहिले सबैभन्दा बढी संगठन विस्तार भएको ओलीको दाबी छ। नीतिगत रुपमा देशलाई चौतर्फी रुपमा अघि बढाउन एमालेले मात्रै सक्ने उनको भनाइ थियो।

प्रतिक्रिया दिनुहोस