यिनै हुन् आफ्नै पेटमा गो’ली हा नेर ज्यान गुमाएकी सैनिक जवान कोपिला

काठमाडौं :आफैँलाई गो’ली हानेकी कपिलवस्तुस्थित शमशेरदल गणमा कार्यरत सिपाही कोपिला राजवंशीको मृ’त्यु भएको छ। कपिलवस्तु जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी जेसी शाहका अनुसार भैरहवा मेडिकल कलेजमा उपचारका क्रममा बिहान उनको मृ’त्यु भएको हो।

‘आज बिहान साढे ६ बजेतिर हामीलाई खबर आयो उहाँको नि’धन भयो,’ सूचना अधिकृत शाहले बिहीबार बिहान जानकारी दिए। उनका अनुसार उपचारका लागि राति नै काठमाडौं लाने तयारी गरिए पनि हेलिकप्टर नआएकाले भैरहवामै उपचार गरिएको थियो। कपिलवस्तुको शमशेरदल ग’णमा कार्यरत सिपाही राजवंशीले आफ्नै पेटमा गो’ली हा’नेकी थिइन्।

राजवंशी गो’ली ला’गेको अवस्थामा बुधबार साँझ ७ बजे फेला परेकी थिइन् । गणभित्रै गो’ली ला’गेर गम्भीर घाइते भएकी उनको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार हुन नसकेपछि तत्कालै भैरहवास्थित युनिभर्सल मेडिकल कलेज लगिएको थियो ।

उनको पेटमा दुई वटा गो’ली ला’गेको बताइएको छ । राजवंशी आफैंले गोली चलाएर देह त्याग ग रे को प्रहरीले जनाएको छ । डिएसपी शाहका अनुसार सिपाही राजवंशीले ड्युटीमा रहेका बेला आफैँले बोकेको एम १६ राइफलले आफ्नै पेटमा गो’ली हा’नेकी थिइन् । तर सैनिक स्रोतले घटनाबारे केही खुलाएको छैन

प्रतिक्रिया दिनुहोस