जनताले दिएको बहुमत माओवादीले पचाउन सकेन : अध्यक्ष दाहाल

कैलाली । नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहालले २०६४ सालमा जनताले दिएको बहुमत माओवादीले पचाउन नसकेको बताउनुभएको छ ।

कैलालीको मसुरियामा बिहीबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले २०६४ सालमा जनताले पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीमा बहुमत दिए पनि माओवादीले पचाउन नसकेको स्वीकारर्नु भएको हो ।

‘२०६४ सालमा प्रत्यक्षतर्फ माओवादीले बहुमत ल्यायो,’ दाहालले, ‘तर, माओवादीले पचाउन सकेन । पखाला लाग्यो ।’

अब जनताको विश्वासलाई माओवादीले गुम्न नदिने भन्दै दाहालले आसन्न निर्वाचनपछि माओवादीले देशको नेतृत्व लिने दाबी गर्नुभयो ।

बुधबार गठबन्धनका पाँच दलबीच ६ महानगर र ११ उपमहानगरमा भएको भागबन्डाले गठबन्धन भत्काउन खोज्नेहरु आत्तिएको उहाँले बताउनुभयो ।

देशको राजनीति पनि माओवादी केन्द्र वरिपरि घुमिरहेको भन्दै उहाँले प्रचण्ड व्यक्ति नभएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस