कांग्रेसले खराब प्रवृत्तिका व्यक्तिहरुलाई साथमा लिएर गठबन्धन बनायो हामि जस्तो सक्ति शालि पाटिसंग गठबन्धन गर्नु पर्ने : अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसले खराब प्रवृत्तिका व्यक्तिहरुलाई साथमा लिएर गठबन्धन बनाएको बताएका छन् । विहीबार काठमाडौंमा एमाले केन्द्रीय सल्लाहकार परिषद्को बैठकलाई सम्बोधन गर्दै ओलीले कांग्रेसले हाप्सिलो बोकेर हिँडेको र यसले कांग्रेसलाई नै सिद्धाउने बताएका हुन् ।

पाँच दलीय गठबन्धन राजावादी राप्रपालाई लिएर ६ दलीय गठबन्धन भइसकेको र यसको उदेश्य एमाले र ओलीप्रति लक्षित भएको उनले बताए । त्यस्तै ओलीले प्रतिनिधिसभा विघटन गलत थियो भन्ने अभिव्यक्ति भूलेर पनि नदिन आफ्नै पार्टीका नेताहरुलाई निर्देशन पनि दिएका छन् ।

प्रतिनिधिसभा विघटन गरेकै कारण एमाले अहिले प्रमुख शक्ति बनेर अगाडि बढिरहेको उनको भनाइ छ । ओलीले एमालेले हरेक समयमा ठीक निर्णय गर्दै अघि बढेको धारणा राखे । उनले परमादेशबाट बनेको सरकारलाई जनादेशबाटै हटाएर सिंहदरबार फर्किने बताए ।

कार्यक्रममा एमाले केन्द्रीय सल्लाहकार परिषद्का सदस्यहरुलाई सपथ खुवाइएको थियो ।

प्रतिक्रिया दिनुहोस