राप्रपाका उम्मेदवारले कसम खाए अनुसार काम नगरेमा कारबाही गर्ने जिम्मा मेरो : रेखा थापा

बुटवल । नायिका तथा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की केन्द्रीय सदस्य रेखा थापाले आगामी स्थानीय तहको निर्वाचनमा पार्टीबाट उम्मेदवार भइ बाचाअनुसार काम नगर्नेलाई जनकारबाही गर्ने बताएकी छन् ।

बिहीबार बुटवलमा राप्रपाद्वारा आयोजित कार्यक्रममा बोल्दै थापाले नगरमा उम्मेदवार भई जितेकाहरुले बाचाअनुसार काम नगरे उनीहरुलाई आफैले समातेर ल्याइ जनकारबाही गर्ने बताइन् ।

उनले भनिन्, ‘हामीलाई जिताउनु भयो भने कहिल्यै पनि निराश हुन दिने छैनौँ । राप्रपा जनतालाई नेता र भगवान मान्छ । पार्टीले जनतालाई आश्वासन दिँदैन, भ्रमपूर्ण सपना पनि देखाउँदैन । यो नगरमा जो उठ्नुहुन्छ तपाईँहरुले जिताएको खण्डमा र उहाँले गरेका बाचा पुरा गर्नुभएन भने मलाई भन्नुस् म समातेर ल्याएर तपाईँका काखमा राखिदिन्छु । तपाईँहरूको साथमा रहेर म जनकारवाही गर्छु ।’

केन्द्रीय सदस्य थापाले गणतन्त्रमा गाली गर्ने संस्कारले प्रश्रय पाएको बताउँदै गाली गरेर पार्टी र देश नबन्ने बताइन् । गाली गर्ने परिपाटी अन्त्य गरेर सबै मिलेर राष्ट्र निर्माण होमिनु पर्ने उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस