१२ वर्षीय नेपालका गेन्जी राईले विश्व बक्सिङ प्रतियोगिता (वर्ल्ड युथ मुआ थाईमा) भाग लिँदै, हार्दिक शुभकामना….

काठमाडौं – नेपालका १२ वर्षीय गेन्जी राईले क्यानडामा हुने वर्ल्ड युथ मुआ थाई किक बक्सिङ प्रतियोगितामा भाग लिने भएका छन्। चार वर्षयता मुआ थाईको ट्रेनिङ गरिरहेका उनले आगामी अगष्ट १२ देखि १४ तारिखसम्म हुने प्रतियोगितामा भाग लिनेछन्।

यसअघि यसैवर्ष नेपालमै भएको विश्व मुआ थाई प्रतियोगितामा उनले गोल्ड मेडल हात पारेका थिए।

उनी हाल इरावान मुआ थाई फाइट जिममा किक बक्सिङ सिकिरहेका छन्। त्यहाँका प्रशिक्षक राजु राई पनि नेपालका चर्चित मुआ थाई खेलाडी हुन्।

अर्को समाचार- ज्ञानेन्द्र शाहीमाथि गृह जिल्लामा आक्रमण

भ्रष्टाचार विरोधी अभियान हुँदै राप्रपामा प्रवेश गरेका ज्ञानेन्द्र शाही विवाद र चर्चामा आइरहन्छन् । राप्रपाको कार्यसम्पादन समितिमा रहेका उनी चुनावको मुखमा जिल्ला केन्द्रित छन् ।

सोही क्रममा गृह जिल्ला जुम्लामा पुगेका उनीमाथि ‘आ क्र म ण’ भएको भन्दै सामाजिक सञ्जालमा एउटा भिडियो क्लिप भाइरल बनेको छ ।बुधबार जुम्लामा पार्टीको कार्यक्रममा सहभागी भएका शाहीमाथि भाषण गरिरहेको बेला मोबाइल प्र’हार भएको उक्त भिडियोमा भनिएको छ ।

जम्मा १ मिनेट १८ सेकेण्ड लामो भिडियोमा उनले काँग्रेस माओवादी र एमालेको आलोचना गर्दै भ्रष्टहरूलाई ठेगान लगाउने भन्दै चर्को भाषण गरेको सुनिन्छ ।यति बोलिसकेपछि भीडबाट उनलाई केही वस्तु प्र’हार भएको देखिन्छ । स्पष्ट नदेखिए पनि उनीमाथि मोबाइल प्र’हार भएको भनिएको छ ।

मोबाइल भनिएको सो वस्तु शाहीको छातीमा लागेको देखिन्छ । त्यसपछि एकाएक औँला ठ’ड्याउँदै शाहीले ‘ए समात् त्यसलाई’ भन्छन् भने उनी निकटका कार्यकर्ता दौडेर भीडतर्फ पुग्छन् । त्यसपछि तनावको माहौल भिडियोमा देखिन्छ ।भिडियोबारे सोधिखोजी गर्दा शाहीले वि’रोधीहरूले भ्रम फैलाएको प्रतिक्रिया दिए ।

प्रतिक्रिया दिनुहोस