यिनै हुन् वर्षा सिवाकोटीको श्रीमान, प्रेमी आशिषसँग रेसु भिल्लामा सुटुक्क विवाह गर्दै

काठमाडौं ।अभिनेत्री वर्षा सिवाकोटीको आज विवाह भइरहेको छ । अमेरिकामा बसोबास गर्ने आशिष नाम गरेका युवकसँग काठमाडौंको नागार्जुन रानीवनस्थित रेसु भिल्लामा वर्षाको विवाह भइरहेको स्रोतले जनाएको छ ।

विवाह समारोहमा परिवारका सदस्य, सीमित आफन्त र साथीहरु गरी १५० जनाको उपस्थिति रहेको छ । विवाहलाई निकै गोप्य राख्ने प्रयास गरिएको छ । वर्षाको विबाह पनि केकी र रेखा थापाको जसरी नै सुटुक्क भइरहेको छ । विवाह समारोहमा परिवारका सदस्य, सीमित आफन्त र साथीहरु मात्रै सहभागी भएको स्रोतले जनाएको छ ।

एक महिनाअघि मात्रै अमेरिका पुगेर फर्केकी वर्षा र आशिष केही समयदेखि प्रेम सम्बन्धमा थिए । वर्षा त्यसअघि अमेरिकामा नै रहेका अर्का एक युवक र फिल्म लाइनका राज कटुवालसँग केही समय प्रेम सम्बन्धमा रहिन् ।

वर्षा र आशिष केही समयदेखि प्रेम सम्बन्धमा थिए । एक महिनाअघि मात्रै वर्षा अमेरिका पुगेर फर्केकी थिइन् । त्यहाँबाट आएपछि उनीहरुको विवाह भएको हो । विकासराज आचार्य निर्देशित ‘नाइँ नभन्नु ल २’बाट फिल्मी यात्रा तय गरेकी वर्षाले पशुपतिप्रसाद, वीर विक्रम २, लप्पनछप्पन २, पुरानो बुलेट, कारखाना लगायतका फिल्ममा अभिनय गरेकी छन् । उनी अभिनित फिल्म ‘लक्का जवान’ रिलिजको तयारीमा छ ।

प्रतिक्रिया दिनुहोस