भ्युटावर विरोधीलाई ओलीको जवाफ : के त्यहाँ धान फल्छ त? गुजराती भैँसी किनेर बाँधेको हो र दुध दिनलाई?

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले धरहरा र भ्यु टावरहरु राष्ट्रका गौरव भएको बताएका छन्।पार्टीको घोषणापत्र सार्वजनिक कार्यक्रममा बोल्दै ओलीले एमाले नभएको भए धरहरा देख्न नपाइने र भ्युटावरहरु पनि नबन्ने आउन सक्ने बताए।

उनले भ्युटावर विरोधीलाई डाँडाँमा धान फल्टछ त भनि प्रश्न गरे। भ्युटावरले के दिन्छ भन्नेलाई ओलीले गुजराती भैँसी होर दुध दिनलाई भनि जवाफ दिए।

‘एमाले नभएको भए हामीले गर्व गर्ने धरहरा आज देख्न पाउँदैनथ्यौं। कांग्रेस र गठबन्धनले यस्ता भ्यु टावर बनाउन हुँदैन भन्दैछ अरे। के त्यहाँ धान फल्छ त? धरहरामा पहिले धान फल्थ्यो? अनि धराहराको टुप्पोमा लगेर पसल थाप्ने?’ उनले प्रश्न गरे।

ओलीले भ्युटावरहरु राष्ट्रका गौरव भएकाले उठाउनुपर्ने बताए। ‘हाम्रा मठ मन्दिरहरु कति पैसा दिन्छ? कति दुध दिन्छ भनेजस्तो गुजराती भैँसी किनेर बाधेको हो, गाई किनेर बाधेको हो थलामा दुध दिनलाई? यस्ता कुरा हुनेगर्छन्,’ उनले भने।

ओलीले भरतपुरमा एमालेले रंगशाला बन्न नदिएर समाप्त पारेको आरोपको पनि खण्डन गरे। ‘रंगंशाला र मैदान एमालेले बनाउँछ,’ उनले भने, ‘ज्येष्ठ नागरिक आश्रम बनाउँछौं। सडक मानव छैनमुक्त राजधानी बनाउँछौं।’

प्रतिक्रिया दिनुहोस