दम्भ र अहंकारी केपी ओलीको जति पछारिए पनि होस अझै खुलेको छैनः माधव नेपालको कटाक्ष

बैशाख १० काठमाण्डौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओली दम्भी र अहंकारी भएको टिप्पणी गरेका छन् ।

आज कम्युनिष्ट पार्टी स्थापना दिवस मनाउने कार्यक्रममा काठमाण्डौमा बोल्दै नेपालले संघ, प्रदेश सरकार हुँदै राष्ट्रिय सभामा पछारिदा पनि अझै ओलीको होस नखुलेको भन्दै ब्यग्य गरे ।
उनले केपी ओलीले आफू अरुलाई पछार्न सक्ने , तिकडम गर्न जान्ने ठान्ने गरेको भन्दै त्यस्ता तिकडम आफूहरुलाई पनि आउने जिकिर गरे ।

उनले अहिले पनि ओली दम्भ र अहंकारको घोडा चढेर हिँडिरहेको भन्दै त्यो चकनाचुर हुने ठोकुवा गरे ।

शिक्षामा तीन क्षेत्रको सुधारः शिक्षामन्त्री पौडेल
गलकोट, १० चैत । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षामा तीन क्षेत्रको सुधार एकैपटकमा गर्न थालिएको बताउनुभयो ।आज बागलुङ जिल्लाको गलकोटमा सुरु भएको पत्रकारका लागि विज्ञान तथा प्रविधि तालिम र विज्ञान विद्यार्थीका लागि वैज्ञानिक अवधारणासम्बन्धी तालिम शुभारम्भ गर्दै उहाँले शिक्षामा भौतिक पूर्वाधार, शैक्षिक क्रियाकलाप तथा शिक्षासम्बन्धी कानुन तथा नीतिगत सुधारको कार्य एकैपटक गर्न थालिएको बताउनुभएको हो ।

मन्त्री पौडेलले नेपालका सबै पालिकामा एक–एक प्राविधिक विद्यालय स्थापना गर्ने र सातै प्रदेशमा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)को अनुसन्धान केन्द्र स्थापना गर्ने सरकारको लक्ष्य रहेको छ भन्नुभयो । उहाँले गण्डकी प्रदेशमा स्थापना गर्न लागिएको नास्टको अनुसन्धान केन्द्र बागलुङमा स्थापना गरिने पनि जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस