काँग्रेस नेता प्रकाशमान सिंहकी पत्नी सिर्जनालाई दिने भयो गठबन्धनले काठमाडौँको मेयरको टिकट

काठमाडौं, १० वैशाख ।काठमाडौं महानगरपालिकाको भावी मेयरका लागि नेपाली कांग्रेसले सिर्जना सिंहलाई उम्मेदवार बनाउने लगभग सहमति भएको छ । वालुवाटारस्थित प्रधानमन्त्री निवासमा बसिरहेको कांग्रेस शीर्ष नेतृत्वको बैठकले सिंहलाई अनुमोदन गरेलगत्तै उनी पाँच दलीय गठबन्धनवाट मेयरकी साझा उम्मेदवारसमेत हुनेछिन ।

पूर्वमहामन्त्री प्रकाशमान सिंहकी पत्नीसमेत रहेकी सिंह कांग्रेस महाधिवेशन प्रतिनिधिसमेत हुन् । शुक्रवार साँझ बसेको बैठकले सिंहलाई अनुमोदन गर्ने बारेमा सहमति भईसकेको कांग्रेस नेताहरुले बताएका छन् ।

वालुवाटारमा जारी कांग्रेस शीर्ष नेतृत्वको बैठकले सहमति गरेपछि २ बजे बस्ने कांग्रेस केन्द्रिय कार्य सम्पादन समितिको बैठकले अन्तिम नामावली सार्वजनिक गर्नेछ ।

यो पनि : जनकपुर उपमहानगरपालिका जसपाकाे भागमा परेपछि कांग्रेसमा असन्तुष्टि : पाँच दलीय गठबन्धनबीच तालमेलकाे क्रममा भागबण्डा गर्दा जनकपुर उपमहानगरपालिका जनता समाजवादी पार्टी (जसपा)लाई परेपछि कांग्रेसमा असन्तुष्टि बढेकाे छ । असन्तुष्टमध्येका जनकपुर उपमहानगरपालिका कांग्रेस सभापति मनाेजकुमार साहले पदबाट राजीनामा दिएका छन् ।

उनले उपमहानगरपालिकाकाे प्रमुख पदमा स्वतन्त्र उम्मेदवारी दिने घाेषणा पनि गरे । उनले न्युज कारखानासँग भने , `पार्टीले गठबन्धनका दलहरूबीच तालमेलकाे नाममा भागबण्डा गर्दा जसपालाई मेयर दिनेगरि जुन निर्णय गर्याे सरासर गलत छ ।

र, पार्टी नेतृत्वलाई बारम्बार ध्यानाकर्षण गराउँदा सम्बाेधन नभएपछि पार्टी जिल्लाकाे निर्णयअनुसार स्वतन्त्र उम्मेदवार बन्ने घाेषणा गरेकाे हुँ ।´ पार्टीको गलत निर्णयलाई समर्थन गर्न नसक्ने भएरै पदबाट राजीनामा दिएकाे स्पष्ट पारे । उनले ३० वैशाखमा हुने निर्वाचनबाट विजयी हुने दाबी पनि गरे ।

प्रतिक्रिया दिनुहोस