यस पटक जनताले दुइतिहाइ बहुमत दियर कांग्रेसलाई निर्वाचित गरौछन्: गगन थापा

रामेछाप । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले यस पटक जनताले कांग्रेसलाई भोट दिने दाबी गर्नुभएको छ ।रामेछापको मन्थली नगरपालिका–१२ गेलु रजाईमा नवनिर्मित अग्लेश्वर महादेव मन्दिर उद्घाटन कार्यक्रममा बोल्दै थापाले देशको लागि कांग्रेस आवश्यक रहेको बताउनुभयो । ‘कांग्रेसलाई देशले खोजेको छ, निर्धक्क भएर जनताको समस्या समाधान गर्न घर–घर पुगेर जनताको समस्या बुझ्नुस्’, थापाले भन्नुभयो ।

थापाले गठबन्धनबाट स्थानीय तह निर्वाचनमा जाने कुरा भइरहे पनि त्यसको मापदण्ड बनिनसकेको बताउनुभयो । गठबन्धन गरेर कसरी जाने भन्ने विषयमा छलफल भइरहेको उहाँको भनाइ छ ।

थापाले जनतालाई आफ्नो अधिकारको सही प्रयोग गर्न आग्रह गर्नुभयो । ‘मतदाताले आफ्नो मतको सही सदुपयोग गर्न सक्नु पर्छ’, उहाँले भन्नुभयो ।

कम्युनिष्ट पार्टीलाई जनताले दिएको जनादेश जोगाउन नसकेकोले एमाले अध्यक्ष केपी शर्मा ओलीले जनतासँग माफी माग्नुपर्ने उहाँले बताउनुभयो । पाँच वर्षको जनादेश ३ वर्ष भन्दा जोगाउन नसकेकोले उहाँले जनता सामु माफी माग्नु पर्ने थापाको तर्क छ । ‘केपी ओलीले पाँच वर्षसम्म चलाउन दिएको गाडी भिरबाट खसाली दिए’, उहाँले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस