हामिलाई मत दिएर बिजयि बनाऊनु आरक्षण जात ले होइन् गरिबले पाउने व्यवस्था बनाउँछौं – राजेन्द्र लिङ्देन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले कमल थापाले पार्टी परित्याग गरेर राप्रपालाई थप बलियो बनाउन मद्दत गरेको बताएका छन् ।सुर्खेत विमानस्थलमा शनिबार बिहान पत्रकारहरुसँग कुरा गर्दै उनले उनले भने,’उहाँले पार्टी छोड्दा राप्रपा थप बलियो बनेको छ ।

अझ बलियो शक्तिका रुपमा बदल्ने संकल्पका साथ अघि बढ्ने प्रेरण मिलेको छ । यस्ले पार्टीलाई क्षति पुर्‍याएको छैन् ।’साथै उनले आगामी वैशाख ३० को स्थानीय तहको निर्वाचनलाई राप्रपाले शक्ति प्रदर्शन गर्ने माध्यामका रुपमा लिएको पनि बताए ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनले जातका आधारमा दिइएको आरक्षणको व्यवस्था खारेज गर्न माग गरेका छन्।उनले जातका आधारमा दिइएको आरक्षणले सबै जनताको हित नहुने बताए।

देशमा व्याप्त भ्रस्टाचारका कारण नेपालीले दुःख पाएको बताउँदै लिङदेनले २०४६ सालपछिका सबै नेता तथा उच्च पदस्थ कर्मचारीको सम्पत्ति छानविन हुनुपर्ने बताए।अध्यक्ष लिङ्देनले नेताहरूको मानमर्दन गर्न र कार्यकर्ताहरूको विश्वासघात गर्न आफू नेतृत्वमा नआएको बताउनुभएको छ ।

नवनिर्वाचित अध्यक्ष लिङ्देनले पार्टीका निवर्तमान अध्यक्षहरूको जीवनकालमै आफ्नो पार्टीलाई देशकाे बलियो शक्तिको रूपमा स्थापित गराउने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो ।

आज आइतवार काठमाण्डाैमा शपथ ग्रहण गर्दै उहाँले दुई पटक मृत्युको मुखमा पुगेर पनि बाँचेको आफूले नेताको सम्मान र कार्यकर्ताहरूको भावनामाथि चोट नपुर्‍याइ आफ्नो पार्टीलाई बलियो बनाउने बताउनुभयो ।

नवनिर्वाचित अध्यक्ष लिङ्देनले यो मरो पनि बदमास रहेछ भन्ने नपार्ने दृढतासमेत व्यक्त गर्नुभयो । उहाँले अनुभवी नेताहरूको साथ लिएर पार्टीमा गल्ती नगर्ने बताउनुभयो ।

अध्यक्ष लिङदेनले भन्नुभयो, ‘राजेन्द्र लिङ्देनले पार्टी चलाउन सक्छ भन्ने आशङ्का छ ।पार्टीमा म मात्रै कहाँ छु ? मैले भने हाम्रो श्रद्धेय तीन नेताहरू हुनुहुन्छ अनि हाम्रा पदाधिकारीहरू हुनुहुन्छ । मैले दाइ मानेका अनुभवी मानिसहरू हुनुहुन्छ ।

उहाँहरूको साथ लिएर अघि बढ्छौँ । कहीँ पनि त्रुटि गर्दैनौँ । म आत्मविश्वासी छु । म गल्ती गर्दिनँ, धोका दिन्नँ ।कसैलाई थुक्क यो मेरो पनि बदमासै रहेछ भन्ने पार्दिनँ भन्ने मेरो मनमा लाग्छ । मेराे जीवनमा अनेक संयोग छन् । म दुईचोटि मृत्यको मुखबाट फर्केर आएको मान्छु हुँ ।

एकचाेटि माओवादी द्वन्द्वका बेला माओवादीहरूले सहरबीचमा पर्केर, निर्घात कुटपिट गरेर अब यो मान्छे बाँच्दैन, बाँच्यो भने पनि गरिखान सक्दैन भनेर फ्याँकेको मान्छे, बाँचेर यहाँसम्म आए ।

अस्ति यो महामारीमा एकैरात ढिलो ल्याएको भए म आज तपाईँहरूको बीचमा हुँदैन थिएँ । नेताहरूको मानमर्दन गर्न र कार्यकर्ताको विश्वासमाथि कुठाराघात गर्न म नेतृत्वमा आएको होइन ।

मलाई विश्वास छ– हामी सबै मिलेर राष्ट्रिय प्रजातन्त्र पार्टीलाई तपाईँहरूको जीवनकालमै यो देशको बलियो शक्ति भएको देखाउँछौँ ।

त्यो विश्वासका साथ हामी काम गर्छाैँ ।’ नवनिर्वाचित अध्यक्ष लिङ्देनले कांग्रेस र एमालेलाई पनि जोडेर आफूहरूले राप्रपालाई देशको अग्रणी पार्टीको रूपमा अघि बढाउने बताउनुभयो ।उहाँले अब पार्टीभित्र कुनै पनि गुट नभएको दाबीसमेत गर्नुभयो । हेर्नुहोस भिडियो :

‘राप्रपाको शक्ति कति छ रु भन्ने स्थानीय तहको निर्वाचनमा थाहा हुन्छ’ उनले भने, ‘अब जुन ठाउँमा राप्रपाले जित्छ, त्यही ठाउँबाट फरक खालको राजनीतिक संस्कार बसाल्छ ।’

स्थानीय तहमा राप्रपाले जितेका ठाउँमा छुट्टै मोडालिटी तयार गरिने अध्यक्ष लिङ्देनले बताए । अहिले भ्रष्टाचार स्थानीय तहसम्म पुगेकोे र भ्रष्टाचाररहित स्थानीय तहको रुपमा विकास गराउँन राप्रपा चुनाव लक्षित भएको बताए ।अध्यक्ष लिङ्देन् पार्टीको आमसभालाई सम्बोन्धन गर्न वीरेन्द्रनगर पुगेका हुन् ।

प्रतिक्रिया दिनुहोस