राशिफल : वि.सं.२०७९ साल बैसाक १३ गते ।मंगलबार। ईश्वी सन् २०२२ अप्रिल २६ तारिख

मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) : मेष राशि भएका जातका लागि हरेक मंगलबार मनमा प्रसन्‍नताको दिन हुनेछ । धनलाभ, स्वास्थ्यमा प्रतिकुलता र विजय प्राप्त हुनेछ । शत्रुमाथिको विजय प्राप्ति हुने भए पनि आर्थिक व्यय र हानी हुने देखिन्छ । आजको दिन बजारमा नयाँ सामान खरिद गर्दा विचार गर्नु राम्रो हुनेछ । दैनिक उपभोगबाहेक विलासिताको सामान खरिद गर्दा विचार गर्नुहोला ।

वृष (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो) : अध्ययनअध्यापनमा रुची कम र मनमा चिन्ता बढ्नेछ । कुनै नयाँ पुस्तक खरिद गर्दा अध्ययनमा रुची बढ्नसक्छ । यात्रा गर्न खोज्‍नु भएको छ भने त्यति फलदायी भन्दा यात्रा कष्टकर हुनेछ । यात्रा गर्नैपर्ने छ भने पूर्वदिशातर्फ फर्केर यात्रा शुरुवात गर्नुहोला । यात्रा शुरु गर्दा दहीको सेवन गर्नु राम्रो हुनेछ ।

मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह) : परिवार र आफन्तजनमा विवाद हुनसक्छ । मिथुन राशि भएका जातकले आजको दिन मौन रहनु ठीक होला । मित्रमण्डली र व्यापारव्यवसायमा रहेका साझेदारसँग अनावश्यक विवाद उत्पन्‍न हुनसक्छ मौन रहेर काम गर्दा निकै फाइदा हुन्छ । आवश्यकभन्दा बढी नबोल्ने,आफ्नो नियमित काम मात्र गर्ने गर्नुहाेला ।

कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो) : आजको दिन अनुकल देखिन्छ । धन प्राप्तिको योग बनेको छ । नयाँ बस्त्र खरिद गरेर लगाउन सक्नुहुनेछ । आफन्त र मित्रजनबाट साथ सहयोग पाउनुहुनेछ । निराशा हटेर आशाका किरण फैलने छन् । विगतमा तपाईंप्रति राग राख्‍ने मित्रसमेत तपाईंलाई सम्मानका शब्द प्रयोग गर्नेछन् । सापट दिएका धन फिर्ता हुनसक्छ ।

सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे) : आजको दिन तपाईंले घर परिवार र मित्रसँग अनावश्यक विवाद नगर्नु होला । लामो दुरीको यात्रा पनि नगर्दा बेस हुनेछ । स्वास्थ्यमा प्रतिकुल असर र आर्थिक व्यय हुने सम्भावना बढी छ । अध्ययन अध्यापनको काममा बाधा उत्पन्न हुनसक्छ । तपाईंले विश्वास गरेको मित्रबाट धोका हुनसक्छ ।

कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो) : दाम्पत्य जीवनमा सुख, समृद्धि हुने योजना बन्न सक्छ । मंगलबारका दिन कुनै नयाँ काम शुरुवात र मानसम्मान समेत मिल्नेछ । तपाईले गरेको कामको मान सम्मान र व्यवसायमा समेत सोचेभन्दा बढी फाइदा हुनेछ । आजको दिन तपाईंले केही कन्यालाई फलफूल उपहार दिनु भयो भने मनमा प्रशन्नता छाउनेछ । तपाईंले मठमन्दिरमा रहेको बृद्ध मातालाई भोजन दान गर्नुहोला ।

तुला( रा.री.रु.रे.रो.ता.ती.तु.ते) : समय अनुकुल देखिदैन । अनावश्यक यात्रा र अनावश्यक खर्च व्ययभार बढ्ने छ । आफ्नो स्वास्थ्यमा ध्यान दिनुहोला । परिवारका सदस्यमा समेत स्वास्थ्य समस्या हुनसक्छ त्यसैले आजको दिन तुला राशिका जातकले कुनै पनि काम गर्दा ध्यान दिनुहोला । तपाईंले सोचअनुसार काम नहुँदा मनमा उल्टो चिन्ता छाउने छ ।

वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु) : व्यापार व्यवसायबाट लाभ हुने देखिन्छ । स्त्रीबाट साथ सहयोग मिल्नेछ । घरबाट बाहिर निस्कदा आमा, श्रीमति, छोरीलाई जानकारी दिएर काममा निस्कनु भयो भने आजको दिन तपाईंको कार्य सफलता मिल्नेछ । आफन्त र मित्रजनले भेटघाट र भोजनका लागि अनुरोध समेत गर्नेछन् । आजको दिन मित्रहरुसँग भेट गर्दा लाभकारी कार्ययोजना बन्नेछन् । सरकारी काममा अवरोध आएको छ भने आजको दिन जानु भएमा काम छिटो हुनसक्छ ।

धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे) : तपाईंले गरिरहनु भएको काममा सफलता मिल्नेछ । साथ सहयोग दिने कुनै एक जना मित्र र आफन्तलाई आजको दिन भेट गर्नुभयो भने तपाईलाई सकारात्मक उर्जा भरिने छ । आजको दिन नजिकको मठमन्दिर वा घरका जेष्ठ सदस्यलाई केही उपहार दिनु राम्रो मानिन्छ। आजको दिनमा तपाईंले शुरुवात गर्नुभएको काममा सफलता मिल्नेछ ।

मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी) : मकर राशिका जातकले आजको दिन अध्यात्मिक कार्य गर्दा मनमा प्रसन्नता छाउने छ । तपाईले आज आफ्नो बसोबास भएको स्थानमा रहेको मठ मन्दिर वा शिव, विष्णु वा देवीको मन्दिरको दर्शन गर्दा तपाईले उत्साह प्राप्त गर्नसक्नुहुन्छ । आजको दिन हुनमानको दर्शन र हुनमान चालिसा पाठ गर्ने वा सुन्ने मात्रले पनि तपाईलाई उर्जा थप हुनेछ ।

कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द) : आजको दिन अनुकुल देखिदैन । स्वास्थ्यमा ध्यान दिनुपर्ने र यात्रा गर्नुभन्दा पहिले पूवै तयारी गर्नुहोला । आकस्मिक समस्या र मनमा अशान्त छाउने छ । तपाईंले सोचअनुसारको काममा कठिनाई हुनेछ । यदी व्यापारव्यवसायमा हुनुहुन्छ भने धैर्यपूर्वक कार्य गर्नुहोला । आजको दिन तपाईले बालकलाई भोजन गराउनु भएकामा मनमा शान्ति मिल्नेछ । चन्द्रमाको साथ रहेको छ । विहान सूर्योदयको दर्शन गर्नुहोला ।

मीन(दी.दु.थ.झ.ञ.दे.दो.च.ची) : दाम्पत्य जीवनमा सुख प्राप्तिका लागि परिवारका सदस्यहरुसँग यात्रा गर्नुहोला । घरमा खानेकुरा किनेर ल्याइदा परिवारमा हर्ष छाउने छ । मंगलवारको दिन घरमा गणेश मन्दिरमा गएर लड्डु चढाएर घरमा छोरा वा छोरीलाई दिनुभयो भने घरका सदस्यहरु बीच सम्बन्ध सुमधुर हुनेछ । आकस्मिक धनलाभ व्यापारव्यवसायबाट नसोचेको फाइदा मिल्नेछ ।

प्रतिक्रिया दिनुहोस