नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्र पार्टी नै नभएको बताएका छन्।

काठमाडौं : नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्र पार्टी नै नभएको बताएका छन् । मंगलबार सानेपास्थित मनमोहन स्मृति प्रतिष्ठानमा मनमोहन अधिकारीको २३ औँ स्मृति दिवसमा बोल्दै ओलीले माओवादी पार्टी नभइ एउटा सेन्टर मात्रै भएको बताए।

उनले माओवादी पार्टीसँग कुनै एजेण्डा नभएको आरोप लगाए। ‘सेन्टर त धेरै छन् । त्यसले चुनावी घोषणापत्र नै निकालेको छैन । कांग्रेसले निकालेको छ, भैगो नि भन्ने भान छ माओवादीलाई ,’उनले भने,’ माओवादी केन्द्रले के गर्छ, के गर्दैछ भन्नै सक्दैन । एजेण्डै छैन ।’

ओलीले नेकपा एकीकृत समाजवादीलाई चोइटोवादीको संज्ञा समेत दिए ।

रुसी विदेशमन्त्रीले दिए तेस्रो विश्वयुद्धको चेतावनी

मस्को : रुसी विदेश मन्त्री सर्गेई लाभरोभले सोमबार युक्रेनले शान्ति वार्ताको पालना नगरेमा तेस्रो विश्वयुद्धको सम्भावना रहेको चेतावनी दिएका छन्। लाभरोभले विभिन्न रूसी समाचार एजेन्सीहरूसँग कुरा गर्दै शान्ति वार्तामा युक्रेनको दृष्टिकोणको आलोचना गरेको मस्को टाइम्सले उल्लेख गरेको छ। उनले भने, ‘सद्भावनाको सीमा हुन्छ। यदि यो पारस्परिक छैन भने यसले वार्ता प्रक्रियालाई मद्दत गर्दैन।’

टर्कीको इस्तानबुलमा रुस र युक्रेनबीच भर्खरै भएको बैठकमा लाभरोभले कीभले अघिल्लो अडानबाट बाहिरिएको सम्झौताको मस्यौदा प्रस्तुत गरेको उल्लेख गरेका छन्।

यसबाहेक लाभरोभले रुसले युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले तोकेको टोलीसँग वार्तामा संलग्न हुने कुरामा जोड दिएका छन्। तर उनले जेलेन्स्कीले भने शान्ति वार्ताको नाटक मञ्चन गरिरहेको आरोप लगाएका छन्।

प्रतिक्रिया दिनुहोस