ओलीप्रति गगनको कटाक्ष – बुढा बा धेरै सन्किराख्दा बालकोट आउन नपरोस अप्ठ्यारो पर्ला

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले एमाले अध्यक्ष केपी शर्मा ओलीले मुखमा अंगार भएकाहरूले कालै बोल्ने बताउनुभएको छ । स्थानीय तह निर्वाचनको घोषणापत्रबारे गरेको टिप्पणीप्रति लक्षित गर्दै थापाले मुखमा अंगार हुनेले कालै बोल्ने गरेको बताउनुभयो ।

स्थानीय तह निर्वाचनमा जिल्ला सम्पर्क समितिहरूको भूमिका विषय अन्तरक्रिया कार्यक्रममा बुधबार महामन्त्री थापाले झुटको पर्दाफास गरेकोमा सन्किएको बताउनुभयो । ‘जसको मुखमा अंगार छ, उसले ओकल्ने कालैं हो । केपी ओलीले को कोलाई पागल भन्नुहुन्छ, केपी ओलीले झुट बोल्नुहन्छ, कोही आँट भएर तपाई झुट बोल्दै हुनुहुन्छ भन्नुभयो भने सनक्क सन्केर पागल भन्नुहुन्छ,’ थापाले भन्नुभयो ।

केपी ओलीलाई रिस उठ्यो भन्दैमा आफूले झुटको पर्दाफास गर्न नछोड्ने बताउनुभयो । ‘अब केपी ओलीलाई रिस उठ्यो भनेर सत्य बोल्न छोड्नेवाला छैन्,’ उहाँले भन्नुभयो, ‘उहाँको झुटोलाई ठिक हो भन्ने पनि भएन, कालोलाई सेतो भन्ने कुरा पनि भएन ।’

थापाले ओलीलाई आफ्नो स्वास्थ्यको ख्याल गर्नसमेत आग्रह गर्नुभयो । सधै झुटको पर्दाफास गर्दै हिँड्ने भन्दै त्यस्तो अवस्था बढी सन्कियो भने शरीरलाई असर पर्ने थापाको टिप्पणी छ । ‘उहाँलाई एउटा एडभाइस के हो भने बुढा बा धेरै सनक्क सन्किने गर्दा कहिलेकाहीँ शरीरलाई अप्ठ्यारो गर्ला । शरीरको ख्याल गर्नुहोला यो भन्दा धेरै भन्नु छैन,’ थापाले भन्नुभयो ।

ओलीलाई लजिक नभई म्याजिक मन पर्ने थापाको आरोप छ । आफूले बनाएको घोषणापत्रमा लजिकको कुरा भएको दाबी गनुएभयो । ओलीले आफ्नो आइडिया चोरेको आरोप लगाएको भन्दै थापाले भन्नुभयो, ‘मेरो आइडियो चोर्‍यो भन्नुभएको छ । मलाई पनि अहिले दौडधूप छ । उहाँलाई पनि चुनाव लागेर दौडधूप चलिरहेको छ । अलिकति भ्याएको बेलामा म बालकोटै गएर ट्युसन पढाउनेछु । एउटा विषयमा त पढाउनै पर्ने भएको छ ।’

प्रतिक्रिया दिनुहोस