गगन थापालाई बोकाको संज्ञा दिँदै महेश बस्नेतले भने – ‘बोको बढ्यो भने मुखमा­ … गर्छ’

काठमाडौं । नेकपा (एमाले)का नेता महेश बस्नेतले नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापालाई बोकाको संज्ञा दिँदै बढेका बोकोकाे चरित्रमा आएको टिप्पणी गरेका छन् ।

सामाजिक संजल फेसबुकमा स्टाटसमा थापाप्रति इंगित गर्दै उनले भनेका छन्, ‘बोको बड्यो भने मुखमा­ … गर्छ भन्थे, हो रहेछ।’

यतिबेला नेपाली राजनीतिमा नेपाली काँग्रेका नेता र एमालेका नेताहरुबीच वाक युद्ध चर्किरहेको छ । स्थानीय चुनाव संघारमा रहेका दलहरुका नेताहरुले चर्को चर्को विरोधका भाषाहरु एक अर्कामा प्रहार गरिरहेका छन् ।

नेकपा एमाले अध्यक्ष ओलीले एमालेको चुनावी घोषणापत्र चोरी गरेको आरोप लगाएका थिए । त्यसको जवाफमा बुधबार काँग्रेस महामन्त्री थापाले ओलीलाई भ्याएको बेला बालकोट जाने र ट्युसन पढाउने भनेर टिप्पणी गरेका थिए ।

जसको जवाफस्वरुप बस्नेतले उक्त जवाफ गगन थापालाई फर्काएका हुन् । बस्नेतले गठबन्धको बिरोध गर्दै काँग्रेस भित्रै क्रान्ति गरिरहेका बागी उम्मेदवारहरुलाई सम्झाउन छाडेर गुरु सरहको ओलीलाई पढाउने भन्दै गगनको आलोचना गरेका छन् ।

उनले अघि भनेका छन्, ‘टिकट बितरण प्रकृयामा, आर्थिक लेनदेन, धाँदलि, चलखेल र अनियमितता भएको भन्दै गोरखा, काभ्रे, खोटाङ्ग लगाएयत जिल्लामा कुटाकुट गर्ने उम्मेद्वार अनि प्रचाण्डेग्रेस, माधवाग्रेस , उपेन्द्ग्राग्रेंस हुन नसकेर देशभर बागी बिद्रोही हाल्ने साथिहरुलाई सम्झाउन छाडेर, ब्रेक फेलभएको, भिरको ओरालो हिडेको कांग्रेसलाई ठीक ठाउमा ल्याउन छाडेर ‘बा र गुरु’ सरहका नेतालाई ट्युसन पढाउन मन लागेछ मेरो मित्र गगन जी लाई।’

प्रतिक्रिया दिनुहोस