फ्रि फायर खेल्दा चिनजान, भर्खरकि केटिलाई काठमाण्डौमा…

फ्रि फायर गेम मार्फत नजिक भएकी १३ वर्षिय नावालिकासँग विवाह गर्ने भन्ने झुटो आश्वासन दिई जवरजस्ती करणी गर्ने एक व्यक्ति प्रहरीको नियन्त्रणमा रहेको छ।

पाल्पा जिल्ला घर भएको एक १३ वर्षिय नाबालिकको परिवार/अभिभावकद्वारा छोरी हराएको र खोजयतलास गर्नका लागि जिल्ला प्रहरी कार्यालय पाल्पामा निवेदन दिएका थिए।

पक्राउ पर्ने व्यक्ति चन्द्रागिरी न.पा. वडा नं. ८ स्थित मातातिर्थ बस्ने अन्दाजी २७ वर्षिय महेश उदाशलाई प्रहरीद्वारा नियन्त्रणमा लिइएको हो। जिल्ला प्रहरी परिसर काठमाडौँ र मातहतमा रहेका प्रहरी वृत्त तथा प्रभागहरु मार्फत नावालिकाको खोज तलास गर्ने कार्यलाई तिब्रता प्रदान गरिएको थियो।

अनुसन्धानको विविध बिधि र प्रविधिको प्रयोग गरी २०७९ बैशाख ०५ गते काठमाडौँ चन्द्रागिरी नगरपालिका वडा नं ८ स्थित मातातिर्थमा निज नावालिका (महाराजगञ्ज ३३३ (क)) सहित अभियुक्त महेश उदाशलाई फेला पारिएको थियो। अभियुक्तलाई नियन्त्रणमा लिइए पश्चात् सोधपुछ गर्ने क्रममा विगत १ वर्षदेखि फ्रि फायर गेम खेल्ने क्रममा एक अर्कासँग चिनजान भएको र क्रमश: फेसबुक, म्यासेञ्जरमा भिडियो कल तथा म्यासेजहरु मार्फत कुराकानी भई मोबाइलमा समेत कुराकानी हुँदै आएको जानकारी प्राप्त भएको हो।

सो नावालिकालाई विवाह गर्ने लगायतको आश्‍वासन दिई मिति २०७८ चैत्र २९ गते पाल्पाबाट मोटरसाइकलमा काठमाडौँ ल्याई मिति २०७८ चैत्र ३० गते राती टोखा नगरपालिका वडा नं ६ स्थित बसुन्धरामा राखी जबरजस्ती करणी गरेको प्रहरी वृत्तबाट जानकारी प्राप्त भएको छ।

घटनाको सम्बन्धमा सो पिडक उपर मुलुकी अपराध (संहिता) ऐन, २०७४ को परिच्छेद-१८ को देहाय ‘२१९ को जवरजस्ती करणी गर्न नहुने’ कसूरमा सम्मानित काठमाडौँ जिल्ला अदालतबाट १० दिनको म्याद थप अनुमति लिई प्रहरी वृत्त महाराजगञ्जबाट थप अनुसन्धान कार्य भई रहेको वृत्तले जनाएको छ।

प्रतिक्रिया दिनुहोस