केपी ओलीको सरकार अहिले सम्म टिकेको भए देश श्रीलंका जस्तै भयावह भईसक्थ्यो : महत

नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले केपी ओलीको सरकार अहिले सम्म टिकेको भए नेपालको अवस्था श्रीलंका जस्तै भवाहवपूर्ण हुने थियो भन्दै एमालेको आलोचना गरेका छन् ।

कार्की ब्याङक्वेट बबरमहलमा कांग्रेसबाट काठमाडौं महानगरपालिकामा मेयरकी उम्मेदवारको संकल्प प्रस्ताव सार्वजनिक कार्यक्रमलाई आज संवोधन गर्दै डा. महतले ओलीले देशलाई मनोरञ्जन मात्र दिने काम गरीरहेको भन्दै ब्यग्य गरेका थिए ।
उनले एमाले सरकारले अनावस्यक क्षेत्रमा र अनुत्पादक क्षेत्रमा जथाभावी खर्च गरेर देशको अर्थतन्त्रलाई संकटोन्मुख बनाएको जिकिर गरे ।
काँग्रेसको नेतृत्वमा सरकार बनेपछि अमेरीकाले ६० अर्ब दिएको, भारतले ८० अर्ब दिने तयारी गरेको र चीनले पनि सहयोग गर्ने तयारी गरेकाले नेपालको अबस्था श्रीलका नहुने बताए ।

ओलीले देशलाई गफमय बनाएको भन्दै अब काँग्रेसले काममय बनाउने ठोकुवा गरे ।अबको निर्वाचनमा देशभरबाट काँग्रेसको बहुमत आउने दाबी पनि गरे ।

महतले काठमाडौं महानगरपालिकामा एमालेबाट उम्मेदवार बनेका केशव स्थापितको गेम इज ओभर भएको बताएका छन् ।

महतले स्थापितको हार निश्चित भएको बताएका हुन् ।

‘स्थापित जी नोमिनेसन गरेर निस्किँदा मैले सुन्दै थिएँ, गेम इज ओभर रे । म भन्छु, उहाँको गेम इज ओभर । अब बागमतीमा धेरै पानी बगिसकेको छ । फेरि फर्केर आउने सपना नदेखे हुन्छ,’ महतले भने ।

एमाले अध्यक्ष केपी ओली र स्थापितलाई लक्षित गरेर उनले राजनीतिलाई मनोरञ्जनको साधन नबनाउन आग्रह गरे ।

काठमाडौं महानगर कांग्रेसले जित्नु भनेको ५० वटा अरु नगरपालिका जिते बराबर हुने उनले बताए । सिर्जना सिंहलाई मत दिएर जिताउन आग्रह गर्दै उनले भने, ‘अरुले कुरा गर्ने तर, नेपाली कांग्रेसले काम गर्छन् । त्यसैले काम गर्ने पार्टीलाई निर्वाचित गर्ने समय आएको छ ।’

प्रतिक्रिया दिनुहोस