रेणु दाहालसँग भिड्ने उम्मेदवारी फिर्ता नगर्ने पौडेलको अडान, काँग्रेसद्वारा निष्कासित गर्ने चेतावनी

काठमाडौं। गठबन्धनले भरतपुर महानगरपालिकामा माओवादी केन्द्रकी रेणु दाहाललाई नै मेयरको उम्मेदवार बनाउने निर्णय गरेको छ।

यद्यपी त्यसबाट असन्तुष्ट काँग्रेस नेता जगन्नाथ पौडेलले रेणु दाहालसँग स्वतन्त्र रुपमा निर्वाचनमा उत्रिने घोषणा गरेका छन्। उनलाई काँग्रेसका सभापति शेरबहादुर देउवा र माओवादीका प्रमुख पुष्प कमल दाहालले निर्णयबाट पछाडि हट्न आग्रह गर्दा पनि उनले मानेका छैनन्।

पौडेलले स्वतन्त्र उम्मेदवारी फिर्ता नहुने बताइरहँदा उनलाई फकाउने पक्षमा काँग्रेस लागि परेको छ।

पौडेलले कार्यकर्ताको भावना विपरित नेतृत्वले माओवादीकी दाहाललाई नै उम्मेदवार बनाउने निर्णय गरेको आरोप लगाउँदै आएका छन्।

यसैबीच सत्तारूढ दल नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनमा बागी उम्मेदवारहरूलाई पार्टीबाट निष्कासन गर्ने चेतावनी दिएको छ।

पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलले शुक्रबार विज्ञप्ति जारी गर्दै विद्रोही उम्मेदवार, निजको प्रस्तावक र समर्थक पार्टीबाट स्वतः निष्कासित हुने चेतावनी दिएका हुन्। बागी उम्मेदवारहरूलाई आज बेलुका ५ बजेभित्र दर्ता गराइएको उम्मेदवारी फिर्ता लिन पनि निर्देशन दिइएको छ।

प्रतिक्रिया दिनुहोस