पोखराका काँग्रेसी बागीले उम्मेद्वारी फिर्ता लिए, भरतपुरका पौडेल पार्टीबाट निष्काशित

काठमाडौं । पोखरा महानगरपालिकाको मेयर पदका लागि स्वतन्त्र रूपमा उम्मेदवारी दिएका दुई नेपाली काँग्रेसका नेताले उम्मेदवारी फिर्ता लिएका छन्।

मेयरका लागि मनोनयन दर्ता गराएका ऋषि सापकोटा र नन्दु तिवारीले उम्मेदवारी फिर्ता लिएको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ।

कांग्रेसमा क्रियाशील उनीहरुले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका थिए।

यसैबीच, पार्टीले दबाब दिँदादिँदै पनि भरतपुर महानगरपालिकाको मेयरका लागि बागी उम्मेद्वारी दिएका जगन्नाथ पौडेल कारबाहीमा परेका छन्।

सत्ता गठबन्धनकी साझा उम्मेदवार रेनु दाहालविरुद्ध दिएको ‘बागी’ उम्मेदवारी फिर्ता नलिएपछि उनी पार्टीबाट निष्काशित भएका हुन्।

स्थानीय तह निर्वाचनअन्तर्गत उम्मेदवारी फिर्ता लिन दिइएको समय शुक्रबार साँझ ५ बजेदेखि सकिएको छ। सो समयमा उनले उम्मेद्वारी फिर्ता नलिएपछि कारबाहीमा परेका हुन।

यसअघि उनलाई उम्मेद्वारी फिर्ता गराउँन भन्दै काठमाडौंबाट गृहमन्त्री एवं काँग्रेस नेता बालकृष्ण खाँँड चितवन पुगेका थिए।

प्रतिक्रिया दिनुहोस