यमुनामाई गाउपालिकामा मतपेटिका नै लुटियो

रौतहट, ३० वैशाख । रौतहटको यमुनामाई गाउपालिकामा मतपेटिका नै लुटिएको छ। प्रहरीका अनुसार यमुनामाई गाउँपालिकाको दुई वटा मतदान केन्द्रबाट मतपेटिका लुटिएको हो।

चिकना जेठरहिया ‘क’ मतदान स्थल र वडा २ को भेडियाही टोलीबाट मपेटिका लुटिएको प्रहरीले जनाएको छ।

मतपेटिका लुटेर भाग्दै गरेको तस्बिर समाजिक सन्जालमा सार्वजनिक भएका छन् । उनीहरु मतपेटिका लुटेर खेतैखेत भागेको स्थानीय प्रत्यक्षदशीले बताए ।

प्रतिक्रिया दिनुहोस