कांग्रेसका अध्यक्ष उम्मेदवारको वडामा माओवादीको प्यानल विजयी

सल्यान– कुमाख गाउँपालिका वडा नं। १ मा माओवादी केन्द्रका डिल्ली राना विजयी भएका छन् ।रानाले ६०८ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेस उम्मेदवार प्रेमबहादुर बुढाथोकीले ४८० मत प्राप्त गरेका छन् ।

बाँकी चारजना वडा सदस्यमा पनि माओवादी केन्द्रकै उम्मेदवार विजयी भएका छन्।कांग्रेस–एमाले गठबन्धनको तर्फबाट गाउँपालिका अध्यक्षको उम्मेदवार रहेका मानबहादुर बुढाथोकीकै वडामा माओवादी केन्द्रको प्यानल नै विजयी भएको हो।कुल मतदाता १७३९ रहेको कुमाख गाउँपालिका १ मा १२१४ मत खसेको थियो।

मुस्ताङको लोघेकर दामोदरकुण्डमा एमालेको प्यानल विजयी
जोमसोम : मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिकामा नेकपा एमालेको पूरै प्यानल विजयी भएको छ। स्थानीय तह निर्वाचन अन्तर्गत अध्यक्ष पदमा नेकपा एमाले उम्मेदवार लोप्साङ छोम्फेल बिष्टले ६८९ मत प्राप्त गरी विजयी भएका हुन्।

उनका निकटम् प्रतिद्वन्दी नेकपा समाजवादीका देबबहादुर गुरुङले १८५ मत ल्याएका छन् । यसैगरी उपाध्यक्ष पदमा नेकपा एमालेकी उम्मेदवार छिरिङ ल्हामो गुरुङले ६४१ मत पाएर विजयी भएकी छिन्।

उनका निटकतम् प्रतिद्वन्दी नेपाली कांग्रेसकी लक्ष्मी गुरुङले २२५ मत पाएकी छिन्। यस्तै, वडा नम्बर २ मा नेकपा एमालेका वडाध्यक्ष विजयी भएका छन् भने वडा नम्बर ५ मा नेकपा एमालेका वडाध्यक्षसहित ३ जना सदस्य विजयी भएका जिल्ला निर्वाचन अधिकारी मदन अर्यालले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस