बेइजिङमा अस्थायी अस्पतालहरू निर्माण

बेइजिङ [चीन], अप्रिल ३० (एएनआई) : बेइजिङले कोरोनाभाइरसको पछिल्लो वृद्धिसँग सामना गर्न अस्थायी अस्पतालहरू निर्माण गर्ने तयारी गरिरहेको छ, शनिबार एक पत्रकार सम्मेलनमा भनिएको छ ।

बेइजिङमा हालसम्म करिब ४ हजार शैया कोभिड–१९ सङ्क्रमणका लागि आरक्षित गरिएको छ र आवश्यक पर्दा थप ठाउँहरूलाई ठूलो परिमाणको अस्थायी अस्पतालमा परिणत गरिएको छ, बेइजिङ नगरपालिका स्वास्थ्य आयोगका उपनिर्देशक ली आङले बताउनुभयो।

पछिल्लो वर्गीकरणले बेइजिङमा उच्च जोखिममा रहेका क्षेत्रको कुल सङ्ख्या ६ र मध्यम जोखिममा रहेका क्षेत्रको सङ्ख्या २३ पुगेको छ, स्थानीय महामारी रोकथाम तथा नियन्त्रण कार्यसम्बन्धी पत्रकार सम्मेलनमा सिन्ह्वाले जनाएको छ।

बेइजिङमा शुक्रबार दिउँसो ३ बजेदेखि शनिबार दिउँसो ३ बजेसम्म ५९ नयाँ स्थानीय रूपमा सङ्क्रमित कोभिड-१९ र आठ एसिम्प्टोमेटिक केसहरू रिपोर्ट गरिएको छ।
सिन्ह्वाका अनुसार अप्रिल २२ यता सहरमा १३ जिल्लामा जम्मा २९५ स्थानीय संक्रमित भेटिएका छन् ।

प्रतिक्रिया दिनुहोस