चुनावी मत परिणामप्रति कांग्रेस र माओवादी बाहेकका दल असन्तुष्ट, आन्तरिक छलफलमा

काठमाडौं । स्थानीय तह निर्वाचनप्रति पाँच दलीय गठबन्धनभित्रै असन्तुष्टि व्यक्त हुन थालेको छ। स्थानीय तह निर्वाचनको मत परिणाम सार्वजनिक भइरहेको बेला संयुक्त रूपमा चुनावमा होमिएका दलहरूले असन्तुष्टि व्यक्त गर्न गालेका हुन् ।

मत परिणामअनुसार नेपाली कांग्रेस सबैभन्दा बढी सिट जितेर पहिलो स्थानमा उभिएको छ । यसले अग्रतामा पनि पहिलो नम्बरमै छ । त्यस्तै दोस्रोमा रहेका नेकपा एमालेले पनि चुनावमा धाँधली भइरहेको भन्दै सरकार र निर्वाचन आयोगको ध्यानाकर्षण गराउँदै आएको छ ।

अहिलेसम्म ७२ पालिका जितेर तेस्रो नम्बरमा रहेका नेकपा माओवादी केन्द्र भने मत परिणामबाट सन्तुष्ट नै देखिएको छ । पाँच दलीय गठबन्धनमा रहेका नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चाले असन्तुष्टि व्यक्त गर्दै आएको हो ।

उनीहरूले गठबन्धनको समीक्षा हुनुपर्ने र यसको फाइदा नेपाली कांग्रेस र माओवादी केन्द्रले मात्र लिएको आरोप लगाइरहेका छन्। अहिलेसम्म सार्वजनिक भएको मत परिणाम अनुसार नेकपा एकीकृत समाजवादीले चार पालिका जितेको छ । ती मध्ये दुई पालिकामा यसअघि नै निर्विरोध निर्वाचित भएको थियो । समाजवादी ५९ पालिकाको प्रमुख पदमा अग्रता लिइरहेको छ ।

प्रतिक्रिया दिनुहोस