पछिल्लो मत परिणामअनुसार बालेन्द्रले ल्याए १२ हजार ८७७ मत

काठमाडौंः काठमाडौं महानगरको मेयरमा स्वतन्त्र तर्फका उम्मेदवार बालेन्द्र साहले अग्रता कायम राखेका छन्। उनलाई एमालेका केशव स्थापितले पछ्याइरहेका छन्।

सत्ता गठबन्धनकी मेयर पदकी उम्मेदवार सिर्जना सिंह तेस्रो स्थानमा छिन्। पछिल्लो मत परिणामअनुसार बालेन्द्रले १२ हजार ८७७ मत प्राप्त गरेका छन्।

केशवले ६ हजार ८७८ मत प्राप्त गरेका छन् भने सिर्जनाले ६ हजार १०१ मत पाएकी छिन्।

गगन थापाको वडामा पनि सिर्जनाभन्दा बालेन अगाडि
नेपाली काँग्रेसका महामन्त्री गगन थापाको वडा काठमाडौं महानगरपालिका –३० मा पनि स्वतन्त्र उम्मेदवार बालेन साहले अग्रता लिएको छ । काठमाडौं–३० को ६ सय मत गन्दा बालेनले २३३ मत पाएका छन् । काँग्रेस उम्मेदवार सिर्जना सिंहले १०६ मत पाएकी छिन् । महामन्त्री थापाको वडामै काँग्रेस उम्मेदवार सिर्जना १२७ मतले पछाडि परेकी छिन् । यहाँ एमाले उम्मेदवार केशव स्थापित ७९ मत ल्याएर तेस्रो स्थानमा छन् ।

काठमाडौंका १ र २ मत गणना सकिएको छ भने ३, ४, ५, ६, २९,३०, ३१ र ३२ नम्बर वडाको जारी छ । जसमा बालेनले १२ हजार ५५३ मत ल्याएका छन् भने स्थापितले ६ हजार ७०६ र सिर्जनाले ५ हजार ९५७ मत प्राप्त गरेकी छिन् ।

प्रतिक्रिया दिनुहोस