आफू व्यक्तिगत रुपमा सफल हुने बाबुराम पार्टी बनाएपछि जहिल्यै असफल ?

काठमाडौं, ८ जेठ । चाहे अध्ययनमा होस् वा निर्वाचनमा व्यक्तिगत रुपमा डा. बाबुराम भट्टराई कहिल्यै पराजीत भएको देखिदैन । तर उनैले नेतृत्व गरेर जब पार्टी बनाएर अघि बढ्न थाले तब उनले सफलता पाउन सकेका छैनन् । नयाँ शक्ति पार्टी हुँदै संघीय समाजवादी पछि जसपा बनाउदा पनि बाबुरामका लागि भने फलदायी हुन सकेको छैन ।

यस पटकको निर्वाचनमा बाबुराम भट्टराईले आफै चुनावी कमाण्डर भएर खट्दा पनि गृहजिल्ला गोरखामा शुन्यता हात पारे । उनकै गृहनगरपनि माओवादीले कब्जा गर्यो । उनको प्रदेशमा पनि जसपा शुन्य रह्यो ।
११ जिल्लाको कुनै पनि स्थानीय तहको नेतृत्वमा जसपाका उम्मेदवारहरू निर्वाचित भएनन् । अध्यक्ष भट्टराई आफैं गृहजिल्ला गोरखामा भने पार्टीको तर्फबाट चुनावी ‘कमान्डर’ भएर खटिएका थिए ।

२८ वैशाखअघि उनले ट्‍वीटरमार्फत मतदाताका घरदैलोमा जाँदा पार्टीप्रति जनलहर आएको लेखिरहन्थे ।

गठबन्धन दलहरूबीच तालमेलबारे भएको निर्णयविपरीत एमालेसँग गोरखालगायत जिल्लामा तालमेल गरे पनि भट्टराईले आफ्नो जिल्लामा त कहाँ हो कहाँ सिङ्‍गो प्रदेशमै पार्टीलाई शून्यमा पारे ।

गण्डकीका जिल्लाहरूमध्ये अधिक प्रभाव रहेको जिल्ला भनेर गोरखालाई लिइन्थ्यो । जहाँ ३० वैशाखमा भएको निर्वाचनबाट उनकै पूर्ववर्ती पार्टी नेकपा ९माओवादी केन्द्र०ले ११ मध्ये ९ जिल्लामा निर्वाचन जित्यो ।

कांग्रेसले २ स्थानीय तह जित्दा एमालेसँग तालमेल गरेका उनका पार्टीको स्थानीय तह नेतृत्वमा अस्तित्व रहेन ।

भट्टराई मात्र होइन, पार्टी सहअध्यक्ष राजेन्द्र श्रेष्ठको गृह प्रदेश बाग्मतीमा पनि जसपा शून्य भएको छ। प्रदेशका १३ जिल्लामा एउटा पनि स्थानीय तह नेतृत्वमा उम्मेदवारलाई जिताउन श्रेष्ठ पनि अक्षम रहे ।

कर्णाली र सुदूरपश्चिम प्रदेशमा पनि जसपाको हालत उस्तै देखिएको छ । जसपाले मधेस प्रदेश, प्रदेश १ र लुम्बिनी प्रदेशमा मात्र निर्वाचन जितेको छ ।

प्रतिक्रिया दिनुहोस