जसिया अख्तरले वुमन्स ढाका प्रिमियर लिग खेल्ने भएकी छिन्

श्रीनगर: जम्मू-कश्मीरकी स्टार महिला क्रिकेटर, जसिया अख्तर, बंगलादेशमा आगामी ढाका प्रिमियर डिभिजन महिला क्रिकेट लिगमा मोहमेडन स्पोर्टिङ क्लबबाट खेल्न लागेकी छिन्।

जसिया, जो हाल राजस्थानको वरिष्ठ महिला टोलीको कप्तान हुन र महिला आईपीएल खेल्दै र धेरै अवसरहरूमा राष्ट्रिय टोलीमा पुग्ने संभावनाकी निकट सेलिव्रेटी खेलाडि हुन् ।
शोपियानमा जन्मेकी जसियाले J&K बाहिर खेल्न रोजिन् र सबैभन्दा सफल कश्मीरी महिला क्रिकेटर हुन्।

ढाका लिगमा कुल ११ टोलीको सहभागिता रहनेछ । प्रतियोगिता जेठ १८ गतेबाट सुरु हुँदैछ। जसिया यसअघि पनि प्रतियोगितामा सहभागी भइसकेकी छिन्। बंगलादेशमा यो उनको दोस्रो कार्यकाल हुनेछ।

प्रतिक्रिया दिनुहोस